तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले असार १ गते देखि ७ गते सम्म पार्टीको दोस्रो स्थापना को अवसरमा वडा देखि केन्द्र सम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

उक्त स्थापना दिवसको कार्यक्रममा केन्द्रीय समिति, विभाग, प्रदेश समिति, विभागका पदाधिकारी र सदस्यहरुलाई जिल्ला/पालिकामा पुगेर कार्यक्रम आयोजना गर्न आवश्यक छलफल, सहयोग र समन्वय गरी कार्यक्रम सफल बनाउन पहल कदमी लिन पार्टी सचिवालयले अनुरोध गरिएको छ ।

भौतिक रुपमा उपस्थित हुन नसक्ने सदस्यले अन्य माध्यमबाट आफ्नो भुमिका निर्वाह गर्न जिल्ला, पालिका, वार्ड तहमा सुचना संप्रेषण गर्न र सहजीकरण गर्न समेत पार्टीको सचिवालयले अनुरोध छ ।

त्यस्तै पार्टी केन्द्रीय कार्यालयमा असार ७ गते चियापान कार्यक्रम लगाएतका कार्यक्रमहरु आयोजना गर्ने निर्णय भएको छ। भने प्रदेश कार्यालय, जिल्ला कार्यालय, पालिका कार्यालय, र वडा कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन भएकल छ ।

त्यसैगरी प्रदेश राजधानी भएको जिल्ला, पालिका र वडालाई प्रदेश कार्यालयले आयोजना गर्ने कार्यक्रममा समावेस गर्ने, संयुक्त छलफल गरी विवाद नआउने गरी समन्वय गर्न र जिल्ला सदरमुकाममा भएको पालिका र वडा एवं सबै निर्वाचन क्षेत्रका समितिलाई जिल्लाले आयोजना गर्ने कार्यक्रममा समावेस गर्ने, संयुक्त छलफल गर्न र पालिका कार्यालय भएको वडालाई पालिकाले आयोजना गर्ने कार्यक्रममा समावेस गर्ने सबै तहका समितिहरुले संयुक्त रुपमा कार्यक्रमहरु आफै आयोजना गर्न पालिका वडा कार्यसमितिहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै आफ्नो वडा, पालिका, जिल्ला, प्रदेशबाट पार्टीको माथिल्लो तहको समिति, विभाग र निकायमा रहेका पदाधिकारी, सदस्यहरलाई समेत कार्यक्रमको तयारीका लागि छलफल र सबैसंग समन्वय गरेर कार्यक्रम गर्न समेत पार्टीकोको सचिवालयले अनुरोध गरेको छ ।

यस्तो छ रास्वपाको नमुना कार्यक्रमहरुः

असार १ गते देखि- हालसालै निर्माण सम्पन्न र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाहरुको अनुगमन गर्ने। ३ गते-पत्रकारहरुलाई कार्यक्रमको बारे जानकारी गराउने र असार ५ गते- रक्तदान कार्यक्रम लगायत सार्वजनिक स्थलहरुको सरसफाई कार्यक्रम रहेको छ भने असार ६ गते वृक्षारोपण कार्यक्रम गर्ने र असार ७ गते – चियापान कार्यक्रम गरिने पार्टीका केन्द्रीय सहमहामन्त्री, एवम् पार्टी संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी गराउनुभएको छ ।

उनले नुमना कार्यक्रममा सिमित नभई, संबन्धित तहमा छलफल गरी श्रोत ब्यवस्थापन सुनिश्चित गरी, न्यूनतम श्रोतमा कार्यक्रमहरु गर्न अनुरोध अनुरोध गरेका छन् जस्तै रक्तदान, सरसफाई, बृक्षारोपण, मैत्रीपूर्ण खेलकुद जस्ता कार्यक्रम गर्दा सरकारी, गैरसरकारी, नीजिक्षेत्र, क्लव, संघसंस्था समुदायसंग समेत सहकार्य गर्न बताएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …