तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैंरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको नयाँ कार्यकाल २०२३-२०२५ को लागि अध्यक्ष पदमा राकेश प्रसाद महतोले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

सन २०२३- २०२५ कार्यकालका लागि यही ३० तारि हुन गैरहेको अधिवेशनमा राकेश प्रसाद महतोले नयाँ कार्यकालको लागि अध्यक्ष पदको दाबी गर्दै इमान्दारी र निष्ठाका साथ काम गर्ने, एनआरएनए हरुको हक हितका लागि जस्तो सुकै भूमिका खेल्न तयार रहेको जनाउदै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।उनले शनिबार होटल ग्रान्ड कन्टिनेन्टलमा पत्रकार सम्मेलन गरी आफ्नो घोषणापत्र सार्वजनिक गरेका हुन ।

पत्रकार सम्मेलनमा उनले आफु गैंर आवासीय नेपाली संघ एनआरएनए मलेसियाको  अध्यक्ष भएको खन्डमा नेपाली राजदूतावास मलेसिया संग नजिक रहेर नेपाल र नेपालीका लागि सधै सहकार्य गर्ने र मलेसियामा रहेका सम्पूर्ण संघ संस्था बिजनेस व्यवसायी, बिध्यार्थी, पत्रकारहरु संग समन्वय तथा सहकार्य गर्ने बताए ।

पिडित श्रमिकले आश्रय लीई रहेको हाम्रो कार्यालयलाई थप ब्यबस्थित र स्थानीय कानुन सम्बत बनाउने प्रयास गर्ने उनले जारी गरेको घोषणापत्रमा उल्लेख  छ ।

अतिबिपतमा परेका नेपाली श्रमिकका निम्ति आपतकालीन राहत कोषको छुट्टै स्थापना गर्ने र कोषलाई दिगो बनाउनको निम्ति छुट्टै एकाउन्ट खोलेर आफू सहित ५ जनाको समिति बनाई तुरुन्त पिडितलाई राहत दिन सक्ने बनाउने तथा कोषको बृद्धिको निम्ति केन्द्रिय पदाधीकारी, क्षेत्रीय पधादिकारी ब्यापार ब्यबसायहरुसंगको कार्यकर्म गर्ने तथा आफ्नो  कार्यकालको २४ महिनामा हरेक महिना आर एम २००० आफैले राखेर सबैलाई नेपाली श्रमिकको निम्ति सहयोग गर्न आवहन गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै नेपाल सरकार, नेपाली राजदुताबास मलेसिया, गैर आवासीय नेपाली संघ अन्तर रास्टिय समिति, रास्टिय समिति, तथा यहाँ रहेका संघ सस्था हरुसंघ समन्नय गरि मलेसियाको रोजगारीलाई थप व्यबस्थित र श्रमिकका समस्या हक अधिकार, सुरक्ष्या लाई न्यूनीकरन गर्ने ।

एक रात श्रमिक को साथ भन्ने वर्ष २०१९-२०२१ को नीतिलाई फेरी पूर्ण निरन्तरतादिदै प्रतेक महिना दुताबासको सम्पर्क देखि टाढा रहनु भएका पिडित नेपाली श्रमिक समक्ष्य पुग्ने। नेपाली श्रमिकको बाहुल्यता रहेको प्रतेक क्षेत्रमा क्षेत्रीय समिति गठन गर्ने त्यहाँ रहेका नेपाली हरुसंग सहकार्य गर्ने तथा सो क्षेत्रबाट केन्द्रिय कार्यसमितिमा आउनुहुने सबैलाई सम्मान जनक सहकार्य गर्ने प्रतीवदता गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाली जनसम्पर्क समिति मलेसियाको अध्यक्ष चोला कान्त पंगेनी, प्रवासी मञ्च कमिटीका अध्यक्ष दयाराम कुमाल, नेपाल मलेसिया वैदेशिक रोजगार समन्वय संघका अध्यक्ष कमल गौतम, लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरु र मीडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …