तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य मध्यको एक मलेसियामा यतिखेर गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशनको सरगर्मी बढेको छ ।

एनआरएनए मलेसियाको आगामी २०२३-२५ सम्मको कार्यकालको लागि निर्वाचन यहीँ मिति सन् २०२३ जुलाई २९ तारिख शनिबारको दिन र ३० तारिख आईतवारको दिन गर्ने तय भएको छ। निर्वाचन समितिको अनुसार आज जुलाई १५ तारिख शनिबार नेतृत्वमा आउन चाहने उम्मेदवार हरुको उम्मेदवारी, मनोनयन दर्ता कार्यक्रम रहेको छ ।

यसो त २३ जनाको कार्यसमितिमा अहिलेसम्म अध्यक्ष पदको लागि मात्रै दाबी गर्ने दुईजनाको नाम चर्चामा छ। एक हुन अहिलेका बर्तमान एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा र अर्को हुन अहिलेका बर्तमान एनआरएनए मलेसियाका उपाध्यक्ष राकेश महतो ।

स्रोतका अनुसार दुईजनै एउटै प्यानलको रहेको बुझिएको छ। तर लोकतान्त्रिक विधि पद्धति अनुसार र विधान अनुसार निर्वाचनमा सक्षम, योग्य उम्मेदवार उठ्न र लड्न मिल्ने भएकोले यी दुईजना थापा र महतोकोबीचमा लगभग कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

एनआरएनए मलेसियाको इतिहास हेर्ने हो भने, अहिले सम्म सर्वसम्मतिमै अध्यक्ष लगायतको नयाँ नेतृत्व चुनीने प्रचलन रहि आएको छ। यसपटक पनि सर्वसम्मति नेतृत्वको पक्षमा यहाँका सामाजिक, ब्यापारीक र एनआरएनए अभियन्ताहरु कृयाशिल भएर लागिपरेका छ्न ।

मलेसियामा नेपाली श्रमिकको दु:ख, समस्यालाई नजिकबाट नियालेर निश्वार्थ भावनाको साथ सहयोग गर्दै आएका बर्तमान अध्यक्ष थापाले पुनः एक कार्यकाल दोहोर्याऊने इच्छा ब्यक्त गरेका छन, भने उपाध्यक्ष राकेश महतोलेपनी एनआरएनए मलेसियाभित्र आफ्नो बरियता अनुसार अध्यक्षमा आउने इच्छा ब्यक्त गरेका छन र यी दुईजनाले आ-आफ्नो ठाउँबाट तयारी पनि तीब्र रुपमा गरेका छन ।

पुनः अध्यक्ष पदका लागि चर्चामा रहेका एकदमै सरल र मिलनसार स्वभावका ब्यक्ति बिनोद थापाले मलेसिया रोजगारीमा कार्यरत रहि दुई दशक बिताइसकेका छ्न्। थापा मलेसियामा साधारण श्रमिकका रुपमा आएर काम गर्दागर्दै ब्यावसाय, ब्यापारमा होमिएका हुन। थापाले म्यानपावर ब्यावसाय,रेष्टुरेन्ट ब्यावसाय, सुरक्षागार्ड कम्पनी लगायतको क्षेत्रमा जमेर काम गर्दै श्रमिक उद्दार र सामाजिक कार्यमा समेत उतिकै सक्रिय रहि काम गर्दै आएका छ्न ।

साथै एनआरएनए मलेसियाको इतिहासमै पहिलोपटक थापा अध्यक्षमा निर्वाचित भएकै कार्यकाल सन् २०२१ – २०२३ सम्म एनआरएनए संस्था विवादमुक्त रहेको र कोरोना माहामारीकै बेलादेखि अहिलेसम्म श्रमिक उद्दारका निम्ति उल्लेखनीय कार्यहरु गर्दै आएको मलेसियामा रहेका सामाजिक संघसंस्थाका अगुवाहरु बताउछन् ।

थापाले एनआरएनए मलेसिया र यहाँ कार्यरत नेपाली श्रमिकहरुका निम्ति गरेको योगदानलाई नियाल्ने हो भने पुनः एकपटक थापालाई नै एनआरएनए मलेसियाको नेतृत्व अध्यक्ष पद दिनुपर्ने मलेसियामा रहेका कतिपय सामाजिक अगुवा र एनआरएनए अगुवाहरुको भनाइरहेको छ ।

त्यस्तै एनआरएनए मलेसियाको अध्यक्ष पदको लागि अहिले चर्चामा रहेको अर्को नाम हुन राकेश महतो । महतो पनि मलेसियामा २४ बर्ष बिताईसकेको चिरपरिचित नाम हुन। आज भन्दा २४ बर्ष अगाडि वैदेशिक रोजगारीको सिलसिलामा कामदारकै हैसियतमा मलेसिया रोजगारीमा आएका महतो १४ बर्षसम्म कम्पनीमा साधारण श्रमिकको रुपमा काम गरे ।

त्यस पश्चात् मलेसियामै बसि केहि नयाँ गर्ने अठोटका साथ लागिपरेका महतो पछिल्लो कैयौं बर्षदेखि व्यापार ब्यवसायमा सक्रिय छ्न। मलेसियामा किराना पसल, रेष्टुरेन्ट, होस्टेल म्यानेजमेन्ट, मिनिमार्ट लगायत संचालन गरेका महतो नेपालमा पनि आरके ब्रोदर्श प्राइभेट लिमिटेड कम्पनी, आरके सप्लायर्स, म्यानपावर ब्यवसाय लगायत कैयौं किसिमको ब्यापार, ब्यवसायमा सक्रिय लागिपरेका ब्यक्ति हुन ।

त्यसो त महतो यहाँ मलेसियामा सामाजिक कार्यमा समेत सक्रिय रहेका हुन। कुनै नेपाली श्रमिकलाई भैइपरि कुनै समस्या आएको खण्डमा सहयोग गर्न नहिचकिचाउने र नेपाली श्रमिकको लागि केहि गर्छु भन्ने सोच भएका महतो यस पटक एनआरएनएको नेतृत्व पंक्तिमा बसेर अझै बढी नेपाली श्रमिकको सेवा गर्ने लक्ष्य बनाएको महतोले बताए ।

एनआरएनएको नेतृत्वमै रहेका र क्वालालम्पुरसंगै बिशेषगरि जोहोर क्षेत्रमा सक्रिय सामाजिक संघसंस्थाका अगुवाहरुको मनसाय यस् पल्ट पहिले जस्तै नयाँ अनुहारलाई नेतृत्व दिने र त्यसमा राकेश महतो योग्य उम्मेदवारको रुपमा आएपनि हामीलाई कुनै आपत्ति नहुने र सकभर सहमतिमै नेतृत्व चयन गर्नेगरि तयारी भैइरहेको बताउँछन् ।

बाँकी एनआरएनए निर्वाचन सम्बन्धि बिस्तृत जानकारी सहितको समाचार आज उम्मेदवारी दर्तापछि प्रकाशित हुनेछन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …