मलेसिया । गैंरआवासीय नेपाली संघ राष्ट्रिय परिषद मलेसियाको ८ औं राष्ट्रिय अधिवेशन जुलाई ३० तारिख आइतबार हुने भएको छ ।
निर्वाचन समितिको संयोजक खगेन्द्र न्यौपानेको अध्यक्षतामा एनआरएनए मलेसियाको कार्यलयमा बिहीबार बसेको बैठकले आगामी २०२३-२०२५ को नयाँ कार्यकालको लागि यहीँ जुलाई ३० मा राष्ट्रिय अधिवेशन गर्ने तयारी गरेको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको सुचना अनुसार २०२३-२०२५ को कार्यकालको लागि उम्मेदवारी दर्ताको प्रक्रिया जुलाई १५ तारिख शनिबार बिहान ९:३० बजे देखि बेलुका ३ बजे सम्म खुल्ला रहने समितिले जनाएको छ ।
त्यसैगरी उम्मेदवारी फिर्ता गर्न चाहेको खण्डमा जुलाई २२ तारिख बेलुका ३:०० बजे सम्म निर्वाचन समितिलाई उम्मेदवारी फिर्ता लिने व्यक्तिले लिखित रुपमा आफ्नो उम्मेदवारी फिर्ता गरी सक्नु पर्नेछ। भने अन्तिम नामवाली सोही दिन जुलाई २२ बेलुका ५:३० वजेसम्म अन्तिम नामवाली प्रकाशन गरिने समितिले जनाएको छ ।
अधिवेशन २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष सहित २३ जनाले अधिवेशनमा भाग लिन सक्ने समितीले जनाएकोछ। जसमा अध्यक्ष १ जना वरिष्ठ उपाध्यक्ष १ उपाध्यक्ष २ महिला उपाध्यक्ष १ युवा उपाध्यक्ष १ महासचिव १ सचिव २ कोषाध्यक्ष १ सह-कोषाध्यक्ष १ युवा संयोजक १ महिला संयोजक १ सदस्यहरु १० जना गरि जम्मा २३ जनाको कार्यसमिति रहनेछन ।
यस्तै यदि २०२३-२०२५ कार्यकालको लागि उम्मेदवारी दिन चाहनुहुनेले गैंर आवासीय नेपाली संघ एनआरएनए मलेसियाको आधिकारीक फेसबुक पेजबाट डाउनलोड गरेर अथवा निर्वाचन समितिको फेसबुक पेज ग्रुपबाट फारम उपलब्ध गर्न सकिने निर्वाचन समितिले जनाएको छ ।
उक्त २०२३-२०२५ कार्यकालको लागि मलेसिया रहने नेपाली श्रमिकहरु र व्यावसायिकहरु लगायतले गरि ४५५१ जना पञ्जिकृत सदस्यता लिएका छन। गत २०२१-२०२३ कार्यकालमा ५२५९ जनाले गैंर आवासीय नेपाली संघ एनआरएनए मलेसियाको पञ्जिकृत सदस्यता लिएका थिए ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …