काठमाडौं । चालु आर्थिक बर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलगनतामा करको दर हेरफेर गरिएको भन्ने बिषयमा गठन गरिएको संसदीय बिशेष समितिले आफ्नो प्रतिबेदन प्रतिनिधि सभाको बैठकमा पेश गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा समितीका अध्यक्ष लक्ष्मणलाल कर्णले उक्त प्रतिबेदन पेश गरेका थिए ।
चालु आवको बजेटको करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको भनी आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मा संसदीय बिशेष समितिले दिएको सुनपानीले चोखिदैँ छ्न ।
प्रतिबेदनमा उल्लेखित ‘अर्थ मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफल , मन्त्रालयबाट प्राप्त जवाफ र कागजात तथा सिसिटिभी फुटेजको अध्ययन गर्दा करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश नगराएको भन्ने निष्कर्ष मन्त्री शर्मालाई चोख्याउने सुनेपानी बनेको छ।
करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको र करका दरले अर्थतन्त्रमा पारेको प्रभावको नियमित अध्ययन , संसद्को विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने देखिएन ‘ प्रतिवेदनको अन्तिम निष्कर्ष रहेको छ ।उक्त प्रतिबेदन सर्वसमाप्त भएको छैन अत: सर्वसमाप्त गर्ने प्रयास भने फरक मतमा गरिएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …