तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

नेपाली कांग्रेस खोटाङको सभापतिमा बिष्णु आभुषण राई निर्वाचित हुनुभएको छ।

जिल्लाको ७ औं सम्पन्न जिल्ला अधिवेशनबाट राईले पुर्व राज्यमन्त्री सर्वधन राईलाई ५९ मतले पराजित गरेको नेपाल विद्यार्थी संघ खोटाङकी उपाध्यक्ष गोमा राईले जानकारी दिनुभयो।आभुषणको ६६९ र पुर्व राज्यमन्त्री राईको ६१० मत आएको छ।

आभुषणको पदाधिकारीमा प्यानलनै विजयी भएको राईले बताउनुभयो।
कोको छ्न पदाधिकारीमा विजयी हुने?
उपसभापतिमा नेता द्वोय तिर्थराज भट्टराई र ईवन राई सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई यस्तै सहसचिवमा सार्जन राई र सालिकराम बन्जरा विजयी भएको नेबिसंघका नेता पुष्पराज बस्नेतले जानकारी दिनुभयो।

अहिले विजयीको शुभकामना आदानप्रदान कार्यक्रम भैरहेको छ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति राईले आफुले खोटाङलाई अरु जिल्लाको कांग्रेसभन्दा बलियो बनाउने धारणा राख्नुभएको छ।उहाँले आफू सभापति पदमा यसअघि २ पटक विजयी भैसकेकाले आफुहरुको ध्यान सबैखाले निर्वाचनमा पार्टीलाई विजयी गराउन केन्द्रीत हुने प्रष्ट पार्नुभयो।

विजयी पदाधिकारी सबैले मतदान गर्न सहभागी सबै क्षेत्रीय प्रतिनिधिहरु नेता तथा कार्यकर्ताहरु सुरक्षा निकायका साथीहरू यस्तै पत्रकारहरुलाई धन्यवाद दिनुभएको कांग्रेस खोटाङले जनाएको छ।

केहिसमयपछि जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधिहरुको मतगणना सुरुहुनेछ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …