तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

फ्र्याङ्फर्ट। युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले सन् २०२२ मा आफ्नो ब्याजदर बढाउने सम्भावना ‘अत्यधिक कम’ रहेको राष्ट्रपति क्रिस्टिन लागार्दले बुधबार बताउनुभएको छ । बढ्दो मूल्यप्रति इयू सदस्य राष्ट्रका केन्द्रीय बैंकरहरूलाई प्रतिक्रिया दिन दबाब दिँदै उहाँको यो भनाई आएको हो ।

“हालको मुद्रास्फीति वृद्धिको बावजुद मध्यम अवधिको मुद्रास्फीतिको सम्भावना कम रहेको छ,” लागर्डेले लिस्बनमा गरेको एक सम्बोधनमा भन्नुभयो ।

अनि सम्भावित दर वृद्धिका लागि ईसीबीको अवस्था ‘आगामी वर्ष सन्तुष्ट हुने सम्भावना धेरै नरहेको उहाँले बताउनुभयो ।

यसअघि, ईसीबीले अनुमानित समय सीमाभन्दा अगाडि मुद्रास्फीति आफ्नो २.० प्रतिशत लक्ष्यनजिक नपुगुञ्जेल ऋण लागत बढाउने छैन भनी उल्लेख गरेको छ । बाँकी अवधिभरि नै मुद्रास्फीति त्यस स्तरमा वा त्योभन्दा बढी हुनुपर्छ र यसको आधारभूत मूल्य दबाबसम्बन्धी तथ्याङ्कले समर्थन गर्नुपर्ने हुन्छ ।

ईसीबीको २५ सदस्यीय परिचालक परिषद्ले गत हप्ता ऐतिहासिक न्यूनतामा ब्याज दर तोकेको थियोे ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …