तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

 

म्याग्दी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताउनुभएको छ । म्याग्दीको बेनीमा आज भएको कार्यक्रममा मन्त्री पौडेलले विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयकमार्फत ल्याएको पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि अन्तिम चरणमा पुगेको बताउनुभयो ।

“पढ्दै कमाउँदै, राष्ट्रपति शैक्षिक सुधार र भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणमा मन्त्रालयले प्राथमिकता दिएको छ,” उहाँले भन्नुभयो, “भूकम्प प्रभावित ३१ जिल्लामा चलिरहेको विद्यालय भवन पुनर्निर्माण कार्यक्रमलाई पूर्णता दिन मन्त्रिपरिषद् बैठकले आवश्यक जनशक्तिको दरबन्दी स्वीकृत गरेको छ ।”

अस्थायी शिक्षकको माग सम्बोधनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउँदै मन्त्री पौडेलले तत्काल गर्नुपर्ने कामहरुलाई प्राथमिकीकरण गरेर तीनमहिने कार्ययोजना बनाउन लागेको जानकारी दिनुभयो ।

सङ्घीय शिक्षा ऐन ल्याउन अध्ययन र सत्ता साझेदार दलहरुबीच छलफल चलिरहेको मन्त्री पौडेलले बताउनुभयो । शिक्षक सेवा आयोगले थप सत्र हजार शिक्षकको पदपूर्ति गर्न प्रक्रिया थालेको र नियमावली संशोधन गर्न संसदीय समितिमा प्रस्ताव गरिएको बताउनुभयो ।

प्रेस सेन्टर म्याग्दीको चौथो जिल्ला सम्मेलनको उद्घाटन गर्न आउनुभएका मन्त्री पौडेल जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी हुनुभएको थियो । मन्त्री पौडेललाई एकाइका प्रमुख दलबहादुर थापाले जिल्लाको शैक्षिक गतिविधि, विद्यालय भवन पुनर्निर्माण र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रेस सेन्टरको सम्मेलन उद्घाटन समारोहमा मन्त्री पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताउनुभयो । “समग्र विकास र सुशासनका लागि पत्रकारिता क्षेत्र बलियो हुनुपर्छ,” उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रता र पत्रकारिताको विकासमा सरकार प्रतिबद्ध छ ।”

मन्त्री पौडेलले म्याग्दीको विकासका साथै जलविद्युत्, पर्यटन, कृषि, पशुपालन क्षेत्रमा रहेको सम्भावना तथा समस्या उजागर गरी समाधानका उपाय पहिल्याउन पत्रकारितामार्फत भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । बाग्लुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने मन्त्री पौडेलले म्याग्दीलगायत समग्र धौलागिरि क्षेत्रको विकासमा आफ्नो तहबाट प्राथमिकताका साथ सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …