तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्ष पदका लागि डा बद्री केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनएका उपाध्यक्ष रहनुभएका डा केसीले आज पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता सार्जजनिक गर्नुभएको हो । रसियामा बसोबास गर्नुहुने केसीले विभिन्न व्यवसायमा लगानी गर्नुभएको छ । उहाँले यसअघि एनआरएनएको महासचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । यसअघि अध्यक्षको प्रत्यासीका रूपमा कुल आचार्य र रविना थापाले पनि छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । यस पटकको एनआरएनए अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

उम्मेदवारी घोषणा गर्दै केसीले आफू एनआरएनएलाई साझा नेतृत्वका रूपमा अघि बढाउन सबै पक्षलाई समेट्ने गरी उम्मेदवारी घोषणा गरेको बताउनुभयो । निर्वाचनका सन्दर्भमा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्षका प्रत्यासी केसीले संस्थागत सुदृढीकरणका साथै वैदेशिक रोजगारीलाई सुरक्षित बनाएर नेपालमा लगानीको वातावरण बनाउन लागिपर्ने बताउनुभयो । पर्यटन प्रवद्र्धनका साथै एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड अघि बढाउने र संस्थाको पुनर्संरचना गर्ने उहाँको प्रतिबद्धता छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …