तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा । गैरेआबशीय नेपाली संघ क्यानाडाले नेपालको ७ औं संविधान दिवसको अबसरमा ओन्टारियो प्रान्तीय संसद भवन क्वीन्स पार्कमा नेपाली झण्डा फर्फराएको छ ।

बिहीवार एक कार्यक्रम गरि एनआरएनए क्यानाडाका अध्यक्ष दिपक गौतम र उपाध्यक्ष संगिता जीसी लगायत क्यानाडाबासी नेपालीहरुले संसद भवन क्वीन्स पार्कमा नेपाली झण्डा उठाएका हुन । नेपाली र क्यानडाको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा क्यानाडा संसदका माननीय सभामुख टेड अर्नोटा, प्रान्तीय संसद मिसिसॉगाका सदस्य दीपक आनंद, संसद सदस्य पार्कडेल-हाई पार्क भुतिला कर्पोछे र एनआरएनए अध्यक्ष गौतमले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्नोटाले नेपालको इतिहासलाई पछ्याए र विश्वको इतिहासमा एक गैर-औपनिवेशिक देशको रूपमा नेपालको प्रशंसा गर्दै उनले भने, “म एक हिस्सा बन्न पाउँदा खुसी छु र क्यानाडामा रहेका सबै नेपालीहरुसँग खुशी साट्न चाहन्छु । 

त्यस्तै प्रान्तीय संसद मिसिसॉगाका सदस्य दीपक आनंदले क्यानाडामा रहेका सबै नेपालीहरुलाई आफ्नो परिवारको रुपमा लिएको बताउनुभयो ।  काठमाडौंमा जन्मेकी सांसद कर्पोछेले नेपाल र नेपाली सँग खुसी बाँड्न पाउँदा खुसी ब्यक्त गर्नुभयो ।

एनआरएनए अमेरिकाका युवा संयोजक बिमला सापकोटाले संचालन गरेको कार्यक्रममा क्यानाडाका लागि नेपाली राजदुत भृगु ढुंगानाको शुभकामना  सन्देश कार्यक्रममा पढेर सुनाइएको थियो।  

कार्यक्रममा एनआरएनए  वर्तमान उपाध्यक्ष शैलेन्द्र चापागाईं, संगिता जीसी, सचिव राजेन्द्र पोखरेल, महिला संयोजक आरिता गुरुङ लगायत बिभिन्न संघ सस्थाका पदधिकारीहरु सामाजिक अभियान्ता सामजसेबी बुद्दीजिबीहरुको उपस्थिती   रहेको थियो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …