तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताउनुभएको छ । संविधान दिवसको उपलक्ष्यमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै खतिवडाले नेपालको संविधानले समानता, सामाजिक न्याय र विविधताबीचको एकतालाई आफ्नो मुलभूत सिद्धान्त मानेको समेत उल्लेख गर्नुभयो ।

अमेरिकी सरकारका प्रतिनिधीसमेत उपस्थित रहनुभएका कार्यक्रममा राजदूत खतिवडाले अमेरिकी सरकारले मानवीय सहायता र विकासको साझेदारका रूपमा महत्वपूर्ण र उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकामा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिका रूपमा अमेरिकी सरकारको तर्फबट दक्षिण एसिया मामिलाका कार्यवाहक सहायक मन्त्री डिन थम्पसनले नेपाल र अमेरिकाबीच लामो मैत्रीपूर्ण सम्बन्ध कायम रहेको बताउँदै नेपालको प्रजातान्त्रिकीकरण र समृद्धिका लागि अमेरिकाले सदैव सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा डिसीमा रहेका कूटनीतिक नियोगका प्रतिनिधि, अमेरिकी सरकारका अधिकारीलगायत नेपाली समुदायका प्रतिनिधि, सञ्चारकर्मीसमेतको उपस्थिति थियो । कोरोना महामारीका कारण दूतावासले छोटो र संक्षिप्त कार्यक्रम आयोजना गरिएको जानकारी दिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । यसअघि राजदूत खतिवडाले दूतावास परिसरमा नेपालको झण्डोतोलन गर्नुभएको थियो ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …