तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । कांग्रेसको १४ औं महाधिवेसन नजिकीदै  गर्दा हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको नगरसभापति पदमा हलेसी तुवाचुङ नगरपालिका–७ मंगलटारका वडाध्यक्ष, कांग्रेस क्षेत्र नम्बर १ का सदस्य एवं हलेसी तुवाचुङ नगरपालिकाको प्रवक्ता समेत रहेका युवा नेता रमेश राउतले उम्मेदवारी दिने घोषणा गरेका छन्।

२०६२ सालमा पाटन संयुक्त क्याम्पसको ईकाई समिति सदस्य बनेर २०६२/०६३ को जनआन्दोलमा सहभागी हुँदै विद्यार्थी राजनीति सुरु गरेका राउत सोही ईकाई समितिको सह–सचिव हुँदै सचिव बनेका थिए। 

युवामाझ प्रखर वक्ताका रुपमा चिनिने राउत अधिवक्ता समेत हुन्। काठ्माडौं बसेर विद्यार्थी राजनीतिमा संलग्न राउत स्थानीय तहको निर्वाचनमा गाउँ फर्किएका हुन्। उनलाई पूर्व राज्यमन्त्री सर्वधन राई, हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राई, नेविसंघका पूर्व केन्द्रीय सदस्य दुरेन राई, पेशल राई लगायतको समर्थन छ।

राउतको प्यानलबाट डिकुवाका दिनेश राई र राजापानीका धनकुमार खड्का नगरपालिकाको उप–सभापतिमा लड्ने तयारी गरेका छन्। यस्तै, सचिवमा अर्खौलेका केशव श्रेष्ठ र दुर्छिमका फडिन्द्र राई, सह–सचिवमा धितुङका लम्बर राई र जुना राईले उम्मेदवारी दिने निश्चित गरेका छन।

११ वडा रहेको नगरपालिका सभापतिमा राउत र चक्रकुमार राईबीचमा प्रतिष्पर्धा हुने भएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …