तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले उकालो लागेको छ । आइतबार उच्च अङ्कले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भएको हो । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका सम्बन्धमा देखिएको अन्योलतमा समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गर्नुभएको समाचार सार्वजनिक भएपछि बजारले पुनः गति समातेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६१.९४ बिन्दुले उकालो लागेर दुई हजार ९८०.७८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३१.४१ बिन्दुले उकालो लागेर ५५३.४० मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर एक लाख नौ हजार १८२ पटक कारोबार भयो । नेप्सेका अनुसार कूल रु नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ७८.२, व्यापार १३३.०३, होटल तथा पर्यटन १९४.८३, विकास बैंक ५०३.३६, जलविद्यसत् २८३.५, वित्त २५६.२२, निर्जीवन बीमा ६४३.६३, उत्पादन ३९८.११, अन्य १५०.२५, लघुवित्त २४१, जीवन बीमा ८१७.४, सामूहिक लगानी कोष ०.१७ र लगानी ६.६७ बिन्दुले उकालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख ८२ हजार १०१ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४६ करोड ३० लाख ९१ हजार ४५६ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु २६ करोड ८८ लाख ९६ हजार ३१३, माथिल्लो तामाकोशी रु २४ करोड ९२ लाख ४८ हजार ५४२, नेशनल हाइड्रोपावर रु १९ करोड ९९ लाख ३२ हजार र आइसिएफसी फाइनान्स रु १९ करोड ८७ लाख ३६ हजार ७२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

बाउन्स ब्याक भएको नेप्सेमा आज ६० कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ । त्यसमा ४५ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यो पनि अर्को नयाँ इतिहास हो । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र १.९४, आइसिएफसी फाइनान्स १.७४, एनआइसि एशिया बैंकको ऋणपत्र १.७१, सनराइज ब्ल्यूचिप फण्ड ०.५९ र कुमारी इक्विटी फण्डका लगानीकर्ताले ०.४९ प्रतिशतले गुमाए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …