तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वासिङ्टन। तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ ।

तालिवानले प्रेससहित सबै तहमा दुब्र्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको सङ्ख्या बढ्दो रहेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले सञ्चारकर्मीसँगको कुराकानीमा उल्लेख गर्नुभयो । यस सम्बन्धभमा गरिएको प्रश्नमा प्राइसले भन्नुभयोे, “हामी उनीहरूसँग हाम्रा मध्यस्थकर्तामार्फत् सबै स्तरमा छलफल अघि बढाउँदैछौं ।”

यसअघि, रक्षा मन्त्री लोइड अस्टिनले अमेरिकी सञ्चार प्रतिनिधिहरूसँगको कुराकानीमा अमेरिकाको तालिवानसँग अझै पनि धेरै असमझदारीहरू रहेका बताउनुभएको थियो ।

राष्ट्रपति जो बाइडेनको तालिवानले अमेरिकी नागरिकलाई विमानस्थलमा कुनै बाधा सिर्जना नगरेको भन्ने भनाइप्रति लक्षित गर्दै रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले तालिवानले अमेरिकी नागरिकलाई दुब्र्यवहार गरिएको भन्ने खबरहरू आफूले सुनेको बताउँदै अमेरिकी सेना उक्त रिपोर्टलाई गम्भीर ढङ्गले लिने बताउनुभएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …