तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल÷इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्जान शाक्यले जानकारी दिनुभयो ।

इजरायलको तेल अभिभ विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमबीच भएको उक्त समझदारीपत्रमा नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसाल र इजरायलका सो विश्वविद्यालयका उपकुलपति प्रा मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गर्नुभएको थियो । शिक्षाध्यक्ष भुसालले मुख्य गरेर विपद् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञबीच अनुभव आदानप्रदानमा सहज हुने अपेक्षा लिएको जानकारी दिनुभयो ।

सोही अवसरमा पुल्चोक इञ्जिनियरिङ क्याम्पस र तेल अभिभ विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्रसमेत प्रकाशित गरिएको थियो । समझदारीपत्रमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका निर्देशक जगतकुमार श्रेष्ठ र तेल विश्वविद्यालयको विपद् व्यवस्थापन विभागका प्रमुख डा बु्ररिया एडिनीले हस्ताक्षर गर्नुभएको थियो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …