तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।अफगानिस्तानमा शान्ति, सुव्यवस्था कायम हुनुपर्नेमा नेपालले जोड दिएको छ । सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियाली रहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको भलाई सुनिश्चित गर्न अपरिहार्य भएकामा जोड दिएको हो ।

परराष्ट्र मन्त्रालयले आज साँझ एक विज्ञप्ति जारी गरी “मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति, सुव्यवस्था तथा स्थायित्व कायम गर्न, देश छाड्न चाहने सबैलाई सडक, विमानस्थल वा सीमा नाकाबाट सुरक्षित एवं व्यवस्थितरुपमा प्रस्थानका निम्ति सहजीकरण गर्न पदमा रहेकालाई अन्तर्राष्ट्रिय समुदायले गरेको आह्वानको नेपाल खुलेर समर्थन गर्नाका साथै त्यसको सम्मान गर्न आह्वान गर्दछ”, भनेको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्य राष्ट्र अफगानिस्तानमा दिगो शान्ति र स्थायित्व तथा उक्त देशका मित्रवत् जनताको निरन्तर प्रगति र समृद्धि भएको नेपालले देख्न चाहेको विज्ञप्तिमा उल्लेख छ । रासस                                                     

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …