तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नु भएको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका सम्बन्धी प्रस्ताव र केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा यही साउन २८ गतेदेखि प्रारम्भ भइ शनिबार सम्पन्न बैठकले उक्त प्रतिवेदनमा निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य लेखकले भदौ २ गते भित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको हो ।

महाधिवेशनको संशोधित कार्यतालिकाअनुसार गाउँ- नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ- नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन- एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते, केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुनेछ ।

पदावधि समाप्त भएका भ्रातृ संस्थाको अवधि छ महिना थप

बैठकले म्याद समाप्त भएका पार्टी आवद्ध भ्रातृ सङ्घहरु नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाती सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ्ग सङ्घ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले छ महिना थप गर्ने निर्णय गरेको छ । 

बैठकमा केन्द्रीय सदस्यहरु डा. नारायण खड्का, मानबहादुर विश्वकर्मा, एन.पी. साउद, भीष्मराज आङ्दम्वे, सुरेन्द्रराज पाण्डे, बीरबहादुर बलायर, अमृत अर्याल, विष्णुविक्रम थापा, डा टि.एन. योगी र आमन्त्रित केन्द्रीय सदस्यहरु कुमार खड्का र दिलिप राईले धारणा व्यक्त गर्नुभएको थियो ।

यस्तो छ प्रेस बिज्ञप्ति  

मिति २०७८ श्रावण २८ देखि शुरु भएको नेपाली काग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरवहादुर देउवाको सभापतित्वमा सभापतिको निजी निवास , वुढानिलकण्ठमा आज सम्पन्न भयो । महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा प्रस्तुत गर्नु भएको प्रस्तावहरु बैठकले सर्वसम्मतिले पारित गरेको छ 

( १ ) नेपाली कांग्रेस १४ औ महाधिवेशनको संशोधित कार्यतालिका देहाय बमोजिम रहेको छ ( क ) गाउँ / नगर वडा अधिवेशन २०७८ भाद्र १८ गते ( ख ) गाउँ / नगरपालिका अधिवेशन २०७८ भाद्र २७ गते ( ग ) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७८ असोज १ गते ( घ ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन / एक मात्र प्रतिनिधि २०७८ असोज ५ गते सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – ( ङ ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको २०७८ असोज १० गते जिल्ला अधिवेशन – ( च ) प्रदेश अधिवेशन २०७८ कार्तिक १० , ११ र १२ गते ( छ ) केन्द्रीय महाधिवेशन : २०७८ मंसिर ९ , १०,११ , १२ र १३ गते , काठमाडौ 

( २ ) पार्टीका उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले प्रस्तुत गर्नु भएको प्रतिवेदन बैठकले पारित गरेको छ । 

( ३ ) केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गर्नु भएको प्रतिवेदन बैठकले पारित गरेको छ । उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला , केन्द्रीय सदस्य डा . मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले भाद्र २ गते भित्र सहमतिमा टुङ्गो लगाई भाद्र ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको छ । 

( ४ ) सबै तहको अधिवेशन र प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकवाट प्राप्त सुझावलाई समेत ध्यानमा राखी निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा . प्रकाशशरण महत र केन्द्रीय सदस्य डा . मिनेन्द्र रिजालले भाद्र १ गते सहमतिमा टुङ्गो लगाई भाद्र २ गतेभित्र सभापतिलाई बुझाउने गरी निर्वाचन निर्देशिका बैठकबाट पारित गरेको छ । 

पार्टीको १४ औ महाधिवेशनका लागि गाउँ / नगर / उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिवाट हुन पाउने , सभापति वाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ / नगर / उपमहानगर / महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गर्ने । 

( ६ ) अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भनी उल्लेखित गरिएका पदहरुको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने ।

( ७ ) विधानको धारा ८ ( १ ) ( क ) र धारा ९ ( १ ) ( ख ) मा उल्लेख गरिएको क्रमश . “ गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली काग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका नगर / उपमहानगर / महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य ” भनिएकोमा “ गाउँपालिका क्षेत्रभित्रका बडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका बडा सभापति र क्षेत्रीय प्रतिनिधि ” भनी संशोधन गर्ने । उपरोक्त अनुसारका विधानमा गरिएका संशोधन पार्टीको आगामी महाधिवेशनवाट अनुमोदन गरिनेछ । 

( ८ ) विदेश स्थित जनसम्पर्क समितिका सम्बन्धमा 

( क ) विदेशस्थित नेपाली जनसम्पर्क समितिको सदस्यता सम्बन्धी नेपाली काग्रेसको विधानको धारा ४ ( १२ ) मा गरिएको व्यवस्थामा , नेपाली जनसम्पर्क समितिको सदस्यता ” थप गर्ने । 

( ख ) विदेशस्थित नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्व सम्बन्धी नेपाली काग्रेसको विधानको धारा १४ मा गरिएको व्यवस्थामा देहाय वमोजिम संशोधन गर्ने : 

( १ ) नेपाली जनसम्पर्क समिति कार्यसमितिको अध्यक्ष निर्वाचित हुन पार्टी विधान एवं नियमावली बमोजिम नेपाली काग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ ।

( २ ) नेपाली जनसम्पर्क समिति कार्यसमितिको अध्यक्ष वाहेक अन्य पदाधिकारी र सदस्यहरु नेपाली काग्रेसको क्रियाशील सदस्यता बा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको व्यक्तिहरुमध्येबाट निर्वाचित / मनोनित हुन सक्नेछन् ।

( ३ ) पार्टी विधान र नियमावली अनुसार नेपाली जनसम्पर्क समितिबाट पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित हुनका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ । उपरोक्त अनुसारका विधानमा गरिएका संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ । 

( ९ ) नेपाली काग्रेसको नियमावली २०७६ को नियम ५ ( ३ ) ( ख ) ( ३ ) मा नेपाली जनसम्पर्क समिति मकाउ र साइप्रसबाट नयाँ क्रियाशील सदस्यता शुल्क बापत अमेरिकी डलर तीस र नविकरण शुल्क बापत नियम ५ ( ३ ) ( ङ ) बमोजिम अमेरिकी डलर पन्ध्र बुझाउनु पर्ने व्यवस्था भएकोमा , नेपाली जनसम्पर्क समिति , मकाउ र साइप्रसले नयाँ सदस्यता शुल्क बापत अमेरिकी डलर पन्ध र नविकरण शुल्क वापत नयाँ सदस्यता शुल्कको आधा रकम दाखिला गर्नु पर्ने गरी नियमावलीको उक्त प्रावधानलाई संशोधन गर्ने । 

( १० ) ‘ नेपाली जनसम्पर्क समितिको सदस्यको सदस्यता शुल्क ‘ नेपाली काग्रेसको क्रियाशील सदस्यता शुल्क सरह हुनेछ । 

( ११ ) पार्टीको विधान र नियमावली अनुसारको आवश्यक प्रक्रिया पुयाई क्रियाशील सदस्यताको नामावलीको सूची , सदस्यता शुल्क , सहयोग रकम ( लेबी ) , कार्यसमितिको निर्णय प्रतिलिपी लगायत आवश्यक विवरण बुझाएका नेपाली जनसम्पर्क समिति भारत , दक्षिण कोरिया , पोल्याण्ड , नर्वे , मकाउको क्रियाशील सदस्यता स्वीकृत गर्ने । नेपाली जनसम्पर्क समिति हङकङको क्रियाशील सदस्यता यस अघि नै स्वीकृत गरी पठाइएकोमा त्यसलाई अनुमोदन गर्ने । 

( १२ ) म्याद समाप्त भएका पार्टी आवद्ध भ्रातृ संघहरु- नेपाल विद्यार्थी संघ , नेपाल तरुण दल , नेपाल प्रजातन्त्र सेनानी संघ , नेपाल किसान संघ , नेपाल दलित संघ , नेपाल आदिवासी जनजाती संघ , राष्ट्रिय लोकतान्त्रिक अपाग संघ , नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने । 

( १३ ) अन्य राजनीतिक दल समायोजन समितिका संयोजक एवं उपसभापति विमलेन्द्र निधि र समितिका सदस्यहरु तथा केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखक समितिका सदस्यहरुले सफलतापूर्वक कार्यसम्पन्न भएकोमा यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …