तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भारत । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।

सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर अघिल्लो दिन भने ३८ हजार ३५३ नयाँ सङ्क्रमित थपिएका थिए ।

केही दिन अगाडिसम्म दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएकोमा अहिले फेरि बढ्न थालेको देखिएको हो ।केन्द्रीय स्वास्थ्य मन्त्रालयले ४६ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको जनाएको छ । 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८७ हजार ९८७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।त्यसैगरी पछिल्लो एक दिनमा भारतमा ३९ हजार ६९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।एउटै समयमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय अवस्थामै रहेका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।  

भारतमा अहिले ९७.४५ प्रतिशत मानिस सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड १२ लाख ६० हजार ५० पुगेको छ । सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४८ करोड ७३ लाख कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्धको ५२ करोड ३६ लाख डोज खोप लगाइएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …