तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बेइजिङ। चीनमा रहेका एक क्यानेडेली नागरिकले चीनको कानून विपरित गतिविधि गरेको भेटिएकोले उहाँमाथि कारबाही भएको बताएको छ ।

“चीनले आफ्नो देशको कानून बमोजिम नै चीनमा रहेका क्यानडाका व्यापारी माइकल स्पाभरीलाई कारवाही गरेको हो,” चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले बिहीबार पत्रकारद्वारा स्पाभरीविरूद्धको कारबाहीबारे सोधिएको प्रश्नको जवाफ दिँदै भन्नुभयो ।

चीनको एक अदालतले स्पाभरीलाई जासुसी गरेको आरोपमा हालै दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ ।

प्रवक्ता ह्वा छुन यिङले भन्नुभयो, “क्यानाडाले उसका केही सहयोगी मुलुकलाई हातमा लिएर गरी चीनको अदालतले चीनमा भएका क्यानेडेली नागरिकलाई ऐन बमोजिम कारवाही गरेकोमा प्रश्न गर्नु गलत हो । यसले चीनको कानुनी सार्वभौमिक अधिकारको हनन भएको छ । चीन यसको कडा शव्दमा निन्दा गर्छ । सम्बन्धित मुलुकहरुले कानुन बमोजिम प्रशासन गर्ने भावना गरी चीनको कानुनी सार्वभौमिकताको सम्मान गरी गैरजिम्मेवार भनाइ रोक्न हामी आग्रह गर्दछौँ ।

चीन र उत्तर कोरियाबीच यात्रा र सांस्कृतिक आदानप्रदान व्यवसाय चलाउने स्पाभरी जासुसी र अवैध रुपमा राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा दोषी ठहरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका थिए । अदालतले उहाँको केही निजी सम्पति पनि जफत गर्ने आदेश दिएको बताइएको छ ।

अमेरिकाको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकारी मेन वान्झाउलाई गिरफ्तार गरेको केही समयपछि सन् २०१८ को डिसेम्बरमा चीनमा हिरासतमा लिइएका दुई क्यानाडेलीमध्ये स्पाभरी एक हुनुहुन्छ । यता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने चीनले आफ्ना नागरिकलाई सुनाइएको सजायको फैसला बदलाको भावले उत्प्रेरित रहेको बताउनुभएको छ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …