तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया  । मलेसियामा मृत्यु भएका खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नम्बर ५ चिप्रुङका रन बहादुर बिष्टको परिवारको मन्जुरीमा मलेसियामा दाहसंस्कार भएको छ ।

मलेसियास्थित नेपाली दूतावासको समन्वयमा नेपाली परम्परा हिंन्दु संस्कार अनुसार आज मलेसियामै दाहसंस्कार गरेको हो । 

वैदेशिक रोजगारीको शिल शिलामा विगत १८, बर्षदेखि मलेसिया पुगेका बिष्ट  आफुले काम गर्दै गरेको रोजगारदाता कम्पनी छोडेर अवैधानिक रुपमा भागेर काम गर्दै आएको उनी बसेको ठाउँमै अच्चानक बेहोस भए पछि नेपालीको सहयोगमा उपचारको लागि मलेसिया स्थिति काजङ्ग अस्पताल लाने क्रममा गत जुलाई ३१, तारिख शुक्रबार उनको मृत्यु भएको थियो। 

बिष्ट पछिल्लो समय मलेसियाको सेलाङ्गर तामिनजयामा एक नेपालको होटलमा खाना पकाउने काम गर्दैआएका थिए। उनी सुगर र प्रेसरको बिरामी रहेको उनी काम गर्दै आएको होटल संचालकले बताए। उनले भने बिष्टलाई केहि समय पहिला पनि चेकपको लागि हस्पिटल लगिएको र बिष्टले प्रेसरको औषधी सेवन गर्दै आएका थिए   

होटल संचालकको अनुसार बिष्ट जुलाई  ३१ तारिख मलेसियाको समय अनुसार बिहानको ६ बजे आफु बसेको ठाउमा बिहोस अवस्थामा भेटिएको र उनलाई उपचारको लागि एम्बुलेन्सलाई फोन गर्दा समयमा एम्बुलेन्स नआएको र उनको कोठामै मृत्यु भएको केही समय पछि मलेसियान पुलिस आएर उनको शब पोस्टमार्टम लागि मलेसिया स्थित काजङ हस्पिटलमा गरिएको पोस्टमार्टम रिपोर्टमा कोरोना पोजिटिभ देखिएको र सोही करण मृत्‍यु  भएको हस्पिटलले जनाएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …