तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भारत ।हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पहिरोमा अरु कम्तीमा ६० जना पुरिएको आशङ्का गरिएको छ ।

कम्तीमा २५ व्यक्ति बोकेको एउटा बस नै पहिरोमा पुरिएको भारत–तिब्बत सीमा सुरक्षा (आइटीबीपी)ले आशङ्का गरेको छ । “घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ जना घाइतेलाई उद्धार गरिएको छ,” आइटीबीपीले प्रकाशन गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । 

हिमाञ्चल प्रदेशमा पहिरोले पुरेको गाडी निकाल्नका लागि भारत–तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरी उद्धारकार्यमा परिचालित भएका छन् ।

हिमाञ्चल प्रदेशको किन्नौर जिल्ला अन्तर्गत पर्ने घटनास्थलमा अझै ढु्गा खसेको तिब्बतको सीमानामा एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् । 

टेलिभिजन च्यानलले एउटा ट्रक र कारको चित्र भग्नावशेषमा आधा गाडेको, बाटोमा चट्टान रहेको र रूखको टुक्रा देखाइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …