तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अफगानिस्तान । अफगानिस्तानमा एकै दिनमा थप ४३९ विद्रोही लडाकू मारिएका छन् । 

सरकारी सुरक्षाकर्मीहरुको सुरक्षा कारबाहीका क्रममा अरू ७७ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको अफगानिस्तानी सुरक्षा निकायहरुले जनाएका छन् । 

विषेश गरेर नानगारर्हार, कान्दहार लाघमन, लोगार, पाक्तीया, उरुग्गान, जाबुल, घोर, फराह, बाल्ख, हेल्मण्ड, कापिसा, बाघलानलगायतका प्रान्तमा सुरक्षा कारबाहीका घटना भएको जनाइएको छ । 

सुरक्षा कारबाही तीव्र पारिएका ठाउँमध्ये कान्दहार प्रान्तमा मात्रै २५ लडाकू मारिएको र १३ जना घाइते भएको विवरण प्राप्त भएको छ,” रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व भइरहे पनि पछिल्लो समयमा हिंसात्मक घटना थप बढेका छन् । 

अफगानिस्तानमा सङ्घर्षरत तालिबान विद्रोही लडाकूहरुले विभिन्न प्रान्तीय राजधानी आफ्नो नियन्त्रणमा लिएको दाबी गरेकाले हिंसात्मक घटना बढेका हुन् । 

अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि तालिबान विद्रोही लडाकूहरुले अफगानिस्तानमा आफ्ना गतिविधिहरुलाई तीव्रता दिएका छन् ।  

तालिबान लडाकूहरुले अहिलेसम्म झण्डै आधा दर्जन प्रान्तीय राजधानी नियन्त्रणमा लिएको दाबी गरेका छन् । ती क्षेत्रहरुमा तालिबान लडाकू र अफगानी सुरक्षाकर्मीका बीचमा सङ्घर्ष भने जारी नै रहेको जनाइएको छ ।

लडाकूहरूले हरेक प्रान्तको प्रहरी मुख्यालय, गभर्नरको कार्यालय, कारागारलगायत पनि नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयका अधिकारीहरुले भने सरकारी सुरक्षाकर्मी अहिले पनि सहरमा रहेको र चाँडै नै तालिबान लडाकूलाई हटाउने दाबी गरेका छन् । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …