तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका। न्युयोर्कमा जुलाई २७ तारिख मङ्गलवार अचानक मृत्यु भएका नेपाली युवा विपिनको शव गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाको पहलमा न्यु जर्सी स्थित रुवी मेमोरियल फ्युनेरल र क्रिमेशन सर्भिसको सहयोगमा टर्किस एयरबाट नेपाल पठाउने तयारी भएको गैर आवासीय नेपाली सङ्घ अमेरिकाले जनाएको छ ।

स्वर्गीय विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पठाइदिन एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरलाई अनुरोध गरे पश्चात परिवारको अनुरोधअनुसार विपिनको शव यथासम्भव छिटो नेपाल पठाउन संघका अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिका स्थित नेपाली एम्बेसी, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, महासचिव अन्जन कुमार चौलागाई, निवर्तमान उपाध्यक्ष वी आर लामा र न्यु योर्क च्याप्टरसँग समन्वय गर्दै सहयोग जुटाउने कामलाई तीव्रता दिनु भएको थियो।

नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अपिल गरि १८ हजार ३ सय ६८ डलर सङ्कलन भएको एनआरएनए न्यु योर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पाले बताउनु भयो। शव वाहनको खर्च देखि नेपाल पठाउदा लागेको सम्पूर्ण खर्च गैर आवासीय नेपाली सङ्घ अमेरिकाले व्यहोर्ने कोषाध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।

अमेरिकाको न्यु योर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आउनु भएका २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलवार अचानक मृत्यु भएको थियो । घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमस्ट अस्पतालमा पुर्‍याइएको थियो । केही समयमा नै अस्पतालले लम्साललाई मृत घोषणागरेको थियो । पोस्टमार्टम लगायतका कामहरू पुरा भएपछि आज स्वर्गीय विपिनको शव नेपाल पठाउन लागिएको गैरेआवाशीय नेपाली संघ एनआरएनए अमेरिकाका प्रवक्ता तोया दाहालले जानकारी दिए।

संघले नेपालमा पर्वत घर भएका स्वर्गीय विपिनको शव नेपाल पठाउन सहयोग गर्नुहुने सबै पक्ष र दाताहरूको सहयोगी भावनाको उच्च सम्मान गर्दै एनआरएनए अमेरिका र न्यु योर्क च्याप्टरको तर्फबाट धन्यवाद ज्ञापनगर्दै स्वर्गीय लम्साललाई हार्दिक श्रद्धाञ्जली अर्पण साथै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …