तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका। अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा बिहीबारको हस्ताक्षर गर्ने तयारी भएको उहाँको कार्यालयले जानकारी गराएको छ ।

यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदुषण गर्ने डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः हटाउँदै जाने अमेरिकी नीतिलाई सुदृढ पार्ने बताइएको छ ।

बिहीबार ह्वाइट हाउसद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ, “आदेशले ‘बिल्ड ब्याक बेटर’ एजेन्डाको पूर्ण आर्थिक लाभ दिन र स्मार्ट ईन्धन दक्षता र उत्सर्जन मानकहरू अघि बढाउन सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री शेयरको लक्ष्यको रूपरेखा तयार गर्न मद्दत गर्नेछ ।”

विद्युतीय सवारीसाधनमा केन्द्रित नयाँ नीतिको उद्देश्य प्रदूषण कम गर्नु, अमेरिकी परिवारहरूको पैसा बचत गर्नु र वायुलाई सफा राख्नु रहेको बताइएको छ ।

वासिङ्टन स्रोतका अनुसार विश्वभरि बढ्दो प्रविधिहरूको बावजुद, विद्युतीय र त्यसमा प्रयोग गरिने ब्याट्री निर्माण गर्ने दौडमा अमेरिका पछाडि रहेको छ । तसर्थ, बाइडेनको नयाँ एजेण्डा अमेरिकालाई विद्युतीय सवारी साधनको उत्पादन, पूर्वाधार र नवीनतामा नेतृत्व गर्ने योजनासहित आएको छ ।

विश्व बजार विद्युतीय सवारीसाधनतर्फ आकर्षित हुँदै जाँदा, नयाँ कार्यकारी आदेशले अमेरिकालाई सन् २०३० मा नयाँ यात्रुवाहक गाडीको बिक्रीबाट हरितगृह ग्याँस उत्सर्जन लाई ६० प्रतिशतभन्दा बढीले कम गर्ने बाटोमा लानेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …