तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली जनसंपर्क समिती मलेसियाका कोषाध्यक्ष जनक बहादुर बमको कोरोना भाईरस संक्रमणको कारण निधन भएको छ ।

लामो समय देखि रोजगारीको सिलसिलामा मलेसिया आएका बमलाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भए संगै गत जुन ३० तारिख मलेसियाको HKl हस्पिटलमा उपचारको लागि भर्ना भएको बमको जुलाइ १५ तारिख उपचारका क्रममा मृत्यु भएको थियो ।

सुदूरपश्चिम प्रदेस दार्चुलामा जन्मभई विगत १५ बर्ष देखि मलेसियामा आफ्नो व्यावसायि गर्दै आएका बम नेपाली जनसम्पर्क समिति मलेसियाको दुई कार्यकाल कोषाध्यक्ष रहेर काम गरेका थिए।

स्व. बम गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाको केन्द्रीय सदस्य र सुदूरपश्चिमेलि समाजमा समेत आबद्ध थिए।

बमको HKL हस्पिटलमा मंगलबार बिहान ६ बजे आफन्त हरुले शव जिम्मा लिएर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेको छ।

उहाँको निधन प्रति दु:ख व्यक्त गर्दै नेपाली जनसम्पर्क समिति मलेसियाले उनको शोक विज्ञप्ति जारी गरेको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …