तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैर आवासिय नेपाली संघ एनआरएनए मलेसियाको २०२१ – २०२३ कार्यकालको लागि अध्यक्ष पदमा विनोद वहादुर थापा निर्विरोध निर्वाचित भएका छन ।

थापा आज जुलाई २० तारिख मंगलबारको दिन एनआरएनए मलेसियाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको हो।

यसैगरी महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारि र कोषाध्यक्ष कृष्ण नेपाल, निर्वाचित भएका छन् भने युवा संयोजकमा अरुण गिरि निर्विरोध निर्वाचित भएका छन ।

यस्तै सदस्यमा बिरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, पासाङ लामा निर्विरोध निर्वाचित भएका हुन।

आईसिसि सदस्यहरु तथा उपाध्यक्षमा मात्र सहमतिको प्रयास हुन वाकि रहेको छ । सहमतिको लागि प्रयास भैरहेको र सहमतिको लागि छलफल चलिरहेको छ।

मलेसिया एनआरएनले निर्विरोध भएको पत्र केन्द्रमा पठाएपछि मात्र यसले वैधानिकता पाउने छ । मलेसियामा हाल ५२५९ जना पन्जीकृत सदस्यहरु रहेका छन । यो मलेसियाको एनआरएनको इतिहासमै सवैभन्दा धेरै हो ।

थापाको काधमा अव सवै एनआरएनहरुलाई मिलाएर लैजानु , एनआरएनलाई मजदुर मुखि वनाउनु, ोनेपाली दुतावास संग सम्वन्वय गर्दे नेपाली मजदुरका मुद्धालाई उठाउनुका साथै एनआरएनएहरुको लागि नेपालमा सरकारसंग सहकार्य गरेर बिकास निर्माण तथा आवश्यक लगानीको वातावरण मिलाउनु, मलेसियामा विभिन्न कारणबस दु:ख भोगिरहेका नेपाली मजदुरलाई सहयोग र उद्दार गर्नु लगायत सम्मको विभिन्न चुनौतीहरु समेत थपिएको छ ।

नयाँ अध्यक्षमा निर्वाचित भएका थापा नेपाली जनसम्पर्क समिती मलेसियाको तर्फबाट आधिकारिक उम्मेदवारको रुपमा खडा हुनुभएको थियो। साथै उम्मेदवारी दिइएकाहरु मध्य उहाँ मात्रै एकजनाले आगामी कार्यकालको लागि घोषणापत्र जारि गर्नुभएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …