तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ ।

शुक्रबार दुई हजार ९३६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ जनाको पीसीआर तथा चार हजार ५६९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः दुई हजार ६ र ९३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अवधिमा देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या बिहीबारभन्दा नौ जनाले बढी हो । हालसम्म नेपालमा ९ हजार ५०६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २८ हजार २४३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल २४ हजार २७४ जना होम आइसोलेशनमा रहनुभएको छ भने दुई हजार ५५३ ले संस्थागत आइसोलेशन, ५७८ जना आइसीयू र १७४ जनाले भेन्टिलेटरमा उपचार गराई रहनुभएको छ ।

भौतिक दूरी कायम नहुँदा र आवतजावतका क्रममा मास्कको समुचित प्रयोगमा ध्यान नदिँदा पनि जोखिम बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् । संक्रमितको संख्यामा कमी देखिए पनि जोखिम यथावत् रहेको छ।

संक्रमणबाट जोगिन मास्कको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ र भौतिक दूरी कायम नै अचुक उपाय रहेको विशेषज्ञ बताउँछन् ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशले जनस्वास्थ्य मापदण्ड उल्लघंन गर्नेहरूलाई ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने उल्लेख भए पनि कार्यान्वयनमा आएको छैन । यस्तै मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरे पटकैपिच्छे एक सय रुपैयाँ जरिमाना भनिए पनि नियमनकारी निकायले उल्लघंन गर्नेलाई कारबाहीको दायरामा ल्याउन नसकेको पाइएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …