तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपद्बाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज स्थलगत निरीक्षणपछि कार्यक्रममा मन्त्री खाँणले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भीर भएर लाग्न निर्देशन दिनुभयो ।

मन्त्री खाँणले नागरिकको जीवनरक्षाका लागि विपद् जोखिम न्यूनीकरणको सवालमा प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापनलगायत मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । गृहमन्त्रीको पदभार ग्रहणपछि मातहतका निकायमध्ये प्राधिकरणलाई पहिलो प्राथमिकता दिँदै उहाँले आज यहाँ भ्रमण गर्नुभएको थियो ।

उहाँले प्राथमिकताको विषय भएकाले भ्रमण नै यहाँबाट शुरु गरिएको जानकारी दिँदै बजेट थप गर्न र भवनका लागि आवश्यक जग्गा व्यवस्थापनमा गम्भीर भएर लाग्ने आश्वासन दिनुभएको छ ।  समारोहमा गृहसचिव महेश्वर न्यौपानेले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणबाट भएका काम, यसका चुनौती र आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो । उहाँले निजी आवास पुनःनिर्माणका विषयमा समेत जानकारी गराउनुभएको थियो ।    

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …