तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेशिया । नेपालमा बढ्दै गईरहेको कोरोना महामारीलाई व्यवस्थापन गर्नको लागी गैर आवासीय नेपाली संघ मलेशियाले आर्थिक सहयोगको लागी अपिल गरेको छ।

गैर आवासीय नेपाली संघ मलेशियाका महासचिव हेमराज सापकोटाले सोमबार एक विज्ञप्ति जारी गर्दै आर्थिक सहयोगको लागी अपील गरेका हुन।

गैरआबासीय नेपाली संघ “विभिन्न देश” बाट नेपालमा पहिलो चरणमा अति आबश्यक परेको अक्सिजन र अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउने अभियान शुरु भएको तथा नेपालमा आइपरेको यो बिषम परिस्थितिमा गैरआवासीय नेपाली संघ मलेशियाले पनि यस अभियानको सुरुवात गरि सहयोग गर्ने अभियानको सुरुवात गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

मलेशियामा रहनु भएका आदरणीय दाजुभाइ तथा दिदीबहिनी हरु मा हार्दिक नमस्कार ! बिश्व मानव समुदाय लाई त्रसित बनाइराखेको Covid 19 को यस विषम परिस्थितिमा मलेशिया, नेपाल लगायत विश्वभरी रहनुहुने सम्पुर्णमा सचेत रहि आफ्नो र आफन्तजन हरुको स्वास्थ मा बिशेष ख्याल गर्नु हुन र सुरक्षित रहनुहुनको लागि हाम्रो संस्था को सिङ्गो टिमको तर्फ बाट हार्दिक अनुरोध गर्दछौं।” सापकोटाद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोला कान्त पंगेनीले मलेसियामा रहनुहुने सम्पूर्ण समाजसेबी, सहयोगी मनहरु, बिभिन्न्न संघ संस्था संगठनहरु मिलेर देशको अबस्थालाई थप सहयोगको लागि अपिल गर्नु भएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …