तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएको राजनीतिक घटनाक्रमबारे आइतबार एक प्रेस विज्ञप्ति जारी गरी नेपाल-खनाल पक्षलाई लक्षित गर्दै आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न विरोधीहरुका स्वार्थलाई मलजल गरेको आरोप लगाउनु भएको छ ।

पार्टीका कतिपय नेताहरुमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको वक्तव्यमा उल्लेख छ र यसैका कारण आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको सिकार नबनाउन उहाँले अपिल गर्नुभएको छ । 

पार्टीभित्रै कहिले फ्लोर क्रस, अविश्वसको प्रस्ताव त कहिले सामूहिक राजीनामा जस्ता घटनाक्रमले पार्टीलाई पछार्न खोजिएको पनि प्रेस विज्ञप्तिमा छ ।

यससँगै समग्रमा भ्रमण् फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने कुरा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले वक्तव्यमार्फत आश्वासन दिलाउनुभएको छ । 

उहाँले नेता माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै पार्टीलाई मजबुत पार्ने महान काममा सरिक हुन बताउदै पार्टीका सबै नेताहरुमा आग्रह गर्नुभएको छ ।

हेर्नुहोस विज्ञप्ति:

राणा शासनको अन्धकार युगमा सुन्दर भविश्य र संकल्पका साथ स्थापित , संगिठत र सक्रिय भई अघि बढेको बामपन्थी आन्दोलन धेरै शहीदको बलिदान , धेरै अग्रजका मार्गदर्शन र योगदानबाट आज यस ठाउँमा आइपुगेको छ । 

राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको छ । जनताको आशा भरोसा र विश्वासको केन्द्र यो पार्टी- नेकपा ( एमाले ) लाई अझ सुदृढ र एकतावद्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमूख दायित्व आजको पुस्ताको हो । 

कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ , अहंकार , असन्तुष्टि र इश्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन । आफ्नो पार्टीलाई फुटाउन , ढाल्न , पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने , कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी / गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन् । 

कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन् । के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं , भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ , यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु । 

यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो । यस पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुयाउने कुनै पनि क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छु । भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन । म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छ । तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछु ।

धन्यवाद    

केपी शर्मा ओली
अध्यक्ष

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …