तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी  नेकपाका प्रचण्ड-माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली जननिर्वाचित प्रधानमन्त्री नभएको बताएका छन् ।

‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन, जनताले निर्वाचित गर्दैमा प्रधानमन्त्री बनिने भए प्रतिनिधि सभाका २७५ जना नै प्रधानमन्त्री बन्ने थिए,’ आफूपक्षीय युवा संघका कार्यकर्ताको बैठकलाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘तपाईंलाई पार्टीले प्रधानमन्त्री बनाएको थियो । पार्टीले चाहेपछि तपाईंलाई फेर्न खोजिएको हो । अनुशासनमा राख्ने, नभए कारवाही गर्ने तयारी थियो ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् ।

ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद् विघटन गरेको प्रचण्डले बताए । ‘प्रतिक्रियावादीहरुसँग साँठगाँठ भयो । त्यो अमान्य छ । घृणा गर्छौं । त्यो पतनको बाटो अस्वीकार्य छ’, प्रचण्डको भनाइ थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …