• आईतबार, माघ-११,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 10
    Shares
आगमनखबर संवाददाता

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू माथिको सुनुवाइ बुधवार हेर्दाहेर्दैमा राखेर सकिएको छ । अर्को पेशी शुक्रवारका लागि तोकिएको छ ।

प्रतिनिधि सभाविरुद्धको मुद्धाको सुनुवाई संवैधानिक इजलासमा कि बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विषयमा अल्झिँदै माघ दुई गते सम्मलाई मिति सारिएको हो ।

सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटको सुनुवाइ आज नसकिएपछि २ माघमा सुनुवाइ गरिने भएको हो ।

रिट निवेदक पक्षका वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले विगतको नजिर र गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भन्दै प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूलाई वृहत् पूर्ण इजलासमा लैजानुपर्ने माग गरेका थिए ।

सरकारी पक्षले प्रतिनिधिसभा विघटनविरुद्धका रिट बृहत् पूर्ण इजलासमा लैजान असहमति जनाएको  छ । महान्यायाधिवक्ता अग्नि खरेलले बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने प्रस्ताव मान्य नहुने बताएका हुन् ।

बुधवारको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका अलावा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

 

 

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

बजेट पारित नगरी स्थानीय तहमा काम, कर्मचारीले तलब पाएनन्

काठमाडौँ । स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १० गतेभित्रै पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि केही स्थानीय तहले अझैसम्म यसको पालना गरेका छैनन् …

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि …

चिकित्सा शिक्षा शुल्क अन्योल कायमै

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७/७८ …

प्रधानमन्त्रीको नियुक्ती संविधानको धारा ७६ (१) कि २ बाट ?

काठमाडौँ  । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त हुनुुभएको संविधानको धारा ७६ (१) वा २ अनुसार ? प्रतिनिधि सभा विघटनविरुद्धका अधिकांश रिट निवेदकले उपधारा १ …