काठमाडौँ । नेकपाको प्रचण्ड नेपाल पक्षको अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्माले माफी माग्नु पर्ने बताएको छ ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथा भारतको हुनपर्ने दावी गरेकोमा अनेरास्ववियुले आपत्ति जनाउदै मागी माग्नुपर्ने बताएको हो ।
अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुप/मा विषवमन गर्दै आएको जी न्युजलाई प्रधानमन्त्रीस्तरबाटै बालुवाटारमा स्वागत गरिएको परिघटनाले थप आशंकित र आक्रोशित तुल्याएको छ ।
‘संविधान लत्याएर प्रतिगमनको बाटोमा हिँडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र सांठगांठ नगर्न चेतावनी दिन चाहन्छौं । यसका साथै प्रधानमन्त्री ओलीलाई चौधरीसँगको भेटवारे तत्काल जनतालाई स्पष्ट पार्न, आइन्दा त्यस्ता कुटनीतिक मर्यादा विपरितका भेटघाट नगर्न र यसअघि गरेको कुटनीतिक मर्यादा विपरितका भेटघाटबारे जनता समक्ष अविलम्ब माफी माग्न जोडदार माग गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ ।
काठमाडौँ। सरकारले दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको दाबी गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको मन्त्रिपरिषद् निर्णयमा …
काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप …
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने …
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक कोरोना …