तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिकालाई लक्षित गरी चीनले जारी गरेका नयाँ कठोर कानुनले थप ‘नियन्त्रित वस्तु’ निर्यातमा रोक लगाएको छ। यी नियमहरू चिनियाँ राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने सैन्य प्रविधि र अन्य उत्पादनको निर्यातसँग जोडिएको छ।

नयाँ नियम अमेरिकाले चालेका यस्तै खालको कदमको जवाफ भएको विश्वास गरिएको छ।

मङ्गलवार कार्यान्वयनमा आएको नयाँ नियमले चीन र अमेरिकाबीच जारी व्यापार युद्धलाई थप चर्काउने चिन्ता व्यक्त भएका छन्।

टिकटक, ह्वावेइ र टेन्सेन्ट जस्ता कम्पनीहरू चिनियाँ प्रविधिमाथि अमेरिकी अंकुशको शिकार भइसकेका छन्।

संसारका दुई ठूला अर्थतन्त्रबीच सन् २०१८ बाट व्यापारसम्बन्धी विवाद सुरु भएको भए पनि यो वर्ष त्यो थप चर्किएको छ।
प्रविधि शीतयुद्धराष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले कैयौँ चिनियाँ कम्पनीले चिनियाँ सरकारलाई सूचना उपलब्ध गराउन सक्ने भन्दै तिनीहरूविरूद्ध कार्यकारी आदेश जारी गरेका छन्।

न्याश्नल युनिभर्सिटि अफ सिंगापुरका अतिथि प्राध्यापक एलेक्स काप्रीका अनुसार चिनियाँ नयाँ निकासीसम्बन्धी कानुन ‘प्रविधि युद्ध चर्किएको प्रतिक्रिया स्वरूप आएको र यो चीनले आफ्नो मजबुत पक्ष लुकाउन गरेको प्रयास’ हो।

बीबीसी एशिया बिजनेश रिपोर्टसँग कुरा गर्दै उनले भने, “त्यसको अन्य पक्ष केलाउँदा चीनले आर्टिफिशल इन्टेलिजन्स एआई र कम्प्युटर एल्गोरिदमलाई नियन्त्रित निकासीको क्षेत्रमा राखेको देख्दा मलाई एकदमै आश्चर्य लागेको छ।”

“यो अमेरिकाले टिकटकमाथि लगाएको प्रतिबन्धका कारण चालिएको कदम हो। चीनले आफ्नो एआई प्रविधि बाँडन नखोजेको हो।”

नयाँ कानुनमा के छ?

निर्यात नियन्त्रण कानुनले नियन्त्रित सामाग्रीलाई विभिन्न समूहमा वर्गीकरण गर्छ जसमा परमाणु, सैन्य सामग्री र गैरसैनिक एवम् सैनिक दुवैमा प्रयोग हुनसक्ने सामग्रीहरू उल्लेख गरिएका छन्।

यो कानुनले चीनको राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण भनिएका वस्तुहरूलाई समेटेको छ। निर्यातकर्ताले नियन्त्रित सूचीमा रहेका वा अस्थायी नियन्त्रणमा रहेका वस्तुहरू निकासी गर्न अनुमतिपत्रका लागि आवेदन दिनु पर्नेछ।

नियम मिचेको अवस्थामा निर्यातकर्तालाई साढे सात लाख डलरसम्मका कारोबारको १० गुणासम्म जरिबाना गर्न सकिने व्यवस्था गरेको छ।
उक्त कानुन अनुसार देशबाहिर रहेका संस्था वा व्यक्तिलाई पनि कारबाही गर्न सकिन्छ। दुर्लभ खनिज यो कानुनले पृथ्वीबाट निकालिने दुर्लभ खनिजको निर्यातलाई पनि प्रभावित बनाउन सक्ने भन्दै त्यसको मूल्य बढेको छ।

चीन दुर्लभ बहुमूल्य खनिजहरूको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। ती खनिज मोबाइल फोनदेखि वायु ऊर्जाका लागि आवश्यक टर्बाइन जस्ता विद्युतीय सामग्री बनाउन प्रयोग गरिन्छ। काप्रीले भने, “पछिल्लो ३० वर्षमा दुर्लभ खनिज उत्खनन गर्ने समार्थ्य चीनसँग बढेको छ। बिबिसि

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …