तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

यमनी सरकार पक्षधर सैनिक र हुथी विद्रोहीबीच शनिबार झडप हुँदा कम्तीमा १३ व्यक्तिको मृत्यु भएको सैनिक स्रोतले पुष्टि गरेको छ ।

अभियान प्रान्तमा भएको उक्त भिडन्तमा सरकारी सैनिक र दक्षिणी क्षेत्रलाई स्वतन्त्र बनाउने माग गर्दै आएको ‘साउदर्न ट्रान्जिसनल काउन्सिल’ (एसटीसी) समूहबीच भएको झडपमा कम्तीमा आठ विद्रोही सैन्य लडाकू र पाँच सरकारी सैनिक अधिकारीको मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।

एसटीसीहले पनि आफ्नोतर्फका आठ लडाकूको मृत्यु भएको पुष्टि गरेको छ । यमनको दक्षिणी क्षेत्रमा इरानको समर्थन प्राप्त हुथी समूहसँगको लडाईमा एसटीसीले संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त सरकारसँग सहकार्य गरे पनि दक्षिण यमनको स्वतन्त्रताको माग राख्दै आएको छ । यमनमा हुथी समूहलाई अन्य समूहले साझा दुश्मनका रूपमा हेर्दै आएका छन ।

एसटीसी र सरकारबीच लामो प्रयासपछि सत्ता गठबन्धनका लागि भएको सम्झौताबाट एसटीसी फिर्ता भएको उक्त समूहले गत अगस्टमा घोषणा गरेको थियो ।

सन २०१९ को डिसेम्बरमा गरिएको सम्झौताल,े यमनको उत्तरी क्षेत्र जसलाई इन्धनका लागि धनी मानिन्छ, मा प्रभाव जमाउँदै आएको इरानको समर्थन प्राप्त हुथी समूहविरुद्धको सहकार्यलाई सुनिश्चितता गर्ने अनुमानबीच एसटीसी सरकारसँगको वार्ताबाट भागेको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …