तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका  । अमेरिकामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोभिड–१९ का सङ्क्रमित पहिचान गरिएका छन् । बुधबार पछिल्लो चौबीस घण्टामा एक लाखभन्दा बढी सङ्क्रमितको पुष्टि भएको बीबीसीले जनाएको छ ।

अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरससँग सम्बन्धित पछिल्लो चौबीस घण्टामा एक हजार एक सय सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । 

राष्ट्रपतिको लागि भएको मतदानपछिको गणनाले कोभिड–१९ संकट ओझेलमा परेको छ । अमेरिकामा हाल ५० हजार कोरोना सङ्क्रमित अस्पतालमा उपचारार्थ छन् । गत् अक्टोबर महिनाको अपेक्षा अस्पतालमा भर्ना हुने सङ्क्रमितमा ६४ प्रतिशतले वृद्धि भएको छ । 

पछिल्ला दिनहरुमा औसत मृत्यु दर समेत बढेको छ । यद्दपी महामारी सुरु भएको समय भन्दा मृतकको संख्यामा कमी देखिएको छ । अमेरिकामा हालसम्म करिब ९५ लाख ब्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । दुई लाख ३३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …