तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका । विश्वभरका मानिसहरुको चासो र चर्चामा रहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन विजयको अत्यन्त नजिक पुगेका छन ।

अहिले विहानसम्म प्राप्त परिणाम अनुसार, पूर्व उपराष्ट्रपति जो वाइडेनलाई अब विजयको पताका फहराउनका लागि जम्मा छ इलेक्टोरल मतको आवश्यकता छ । उहाँले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २६४ प्राप्त गरिसक्नुभएको छ । राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । अधिकांश राज्यको मत गणनाको परिणाम आइसकेको र बाँकी चारवटा राज्यको मत परिणाम आउन बाँकी छ । बाँकी चारवटै राज्यमा दुवै उम्मेदवारबीच कडा टक्कर परेको छ । 

नेभाडा राज्यमा अहिले सबै अमेरिकनको ध्यान गएको छ । यो राज्यमा अहिले करिब ७५ प्रतिशत मतगणना सम्पन्न भइसकेको परिप्रेक्ष्यमा दुवै उम्मेदवारले ४९ प्रतिशत मत प्राप्त गरे तापनि झिनो मतान्तरले वाइडेनले अग्रता लिनुभएको छ । यो राज्यमा छ इलेक्टोरल मत छ । 

यो राज्यमा वाइडेनले विजय हात प्राप्त गर्नुभयो भने उहाँ राष्ट्रपति चुनिनुहुनेछ । त्यसैगरी जर्जिया, नर्थ क्यारोलिना र पेन्सिलभेनियामा राष्ट्रपति ट्रम्पको अग्रता छ । यी तीन राज्यमा क्रमशः १६, १५ र २० इलेक्टोरल मत उहाँको पक्षमा जाने लगभग निश्चित छ । यी तीनवटै राज्यको इलेक्टोरल मत जोड्दा हुनआउने ५१ मत र उहाँले हालसम्म प्राप्तगर्नुभएको २१४ मत जोड्दा पनि स्पष्ट बहुमत हासिल गर्नु हुनेछैन । राष्ट्रपति ट्रम्पलाई पदमा टिकिरहनका लागि उपर्युक्त चारवटै राज्यको निर्वाचन आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । 

कडा प्रतिस्पर्धात्मक रहेको नेभाडाको परिणाम केही घण्टापछि आउने बताइएको छ भने अन्य तीन राज्यको परिणाम शुक्रवारसम्ममा आउनेछ । कथमकदाचित नेभाडामा ट्रम्पले विजय हात पार्नुभयो भने उहाँ पुन चार वर्षका लागि सेतो घरमा बस्नुहुनेछ । त्यसैले कसले जित्छ भनेर अहिले नै भन्नु उपयुक्त हुन्न । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …