तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका । अमेरिकामा मंगलवार सम्पन्न ऐतिहासिक राष्ट्रपतीय निर्वाचनको अन्तिम परिणामको मत गणनाको विषय सर्वोच्च अदालतसम्मपुग्ने लक्षण देखिएको छ । 

बुधवार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्वोधनगर्दै आज आएका मतपत्र मान्य नहुने र यो विषयमा सर्वोच्च अदालतमा रिट दायर गर्ने कुरा बताएपछि थपअन्योल उत्पन्नभएको छ । 

बुधबार साँझसम्म प्राप्त मतपरिणाम अनुसार, पूर्व उपराष्ट्र्रपति जो वाइडेनले २६४  इलेक्टोरल मत र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ले २१४ इलेक्टोरल मत प्राप्तगर्नुभएको छ । राष्ट्रपतिमा निर्वाचित हुनकालागि कुल ५३८ मध्ये स्पष्ट २७० इलेक्टोरल मत आवश्यक पर्छ । हालसम्म अधिकाँश राज्यको मतगणनाको परिणाम आइसकेको छ भने छवटा मुख्य मानिएका राज्यको मत गणना जारी छ । 

दुवै उम्मेदवारबीच कडा टक्कर परेको छ दुवैले अझै आफ्नो विजय सुनिश्चित रहेको बताउनुभएको छ । युद्धभूमिका रुपमा चर्चामा रहेका बाँकी वटा राज्यमध्ये मिसिगन, जर्जिया र पेन्सिलभेनियामा राष्ट्रपति ट्रम्पको अग्रता रहेको छ भने नेभाडा विस्कन्सिन र एरिजोनामा वाइडेनले अग्रता लिनुभएको छ । ट्रपले अग्रता लिएका मध्ये पेन्सिलभेनियामा स्पष्ट अग्रता छ । 

यहाँबाट २० इलेक्टोरल मत उहाँको पक्षमाजाने लगभगनिश्चित छ । जर्जिया र मिसिगनमा समान १६ इलेक्टोरल मत छ । एरिजोना, नेभाडा र विस्कन्सिनमा वाइडेनको झिनो अग्रता रहेको छ । यी तीन राज्यमा क्रमश, ११, ६ र १० इलेक्टोरल मत छ । यसले परिणाम कस्को पक्षमाजालाभनेर भन्न सक्ने स्थिति छैन ।

यसैबीच, वाइडेनले बुधवार बिहान सम्वोधनगर्र्दै आफूलाई अमेरिकी जनताले न्यायगर्ने र आफ्नो विजयनिश्चित रहेको बताउँदै प्रत्येक मतको गणना गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । उता ट्रम्पले पनि बिहानै हुलाकमार्फत आज आएका मतपत्रको गणना गर्न नहुने मान्यता राख्दै यो सरासर झेल हो भन्नुभएको छ । निर्वाचन आयोगले भने नोभेम्वर ५ तारिखसम्म हुलाक मार्फत आएका मतपत्र गणना गरिने निर्देशनजारी गरेको थियो । सर्वोच्च अदालतमा रिट परेको खण्डमा मत गणनाको परिणाम प्रभावितहुनेछ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …