तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सुन्दा अचम्म लाग्न सक्छ।  एउटा कैदिको लागि करोडौँ खर्च हुने जेल पनि यो दुनियाँमा छ ।

क्युबामा रहेको ग्वान्तानामो जेल विश्वको सबैभन्दा महँगो जेल हो। जहाँ एउटा कैदिको लागि करोडौँ रकम खर्च गरिन्छ। 

चोरिडकैती, हत्याहिंसा तथा विभिन्न कसुरमा संलग्न ब्यक्तिहरुलाई राख्ने ठाउँमा ठुलो धनराशी खर्च हुनु भनेको सामान्य कुरा पनि होईन। 

न्युयोर्क टाईम्सका अनुसार सुरक्षाको लागि झण्डै १८ सय सैनिक खटिएका खाडिय तटिय क्षेत्रमा रहेको उक्त ग्वान्तानामो जेलमा अहिले ४० जना कैदिहरु रहेका छन। औषतमा हेर्दाखेरी उक्त जेलमा हरेक कैदिका लागि वार्षिक झण्डै डेढ अरब रुपियाँ खर्च  हुन्छ। जेलमा तैनाथ सैनिकहरुका लागि मात्रै बार्षिक ६५ अर्ब रुपैयाँ बराबरको रकम खर्च हुन्छ। 

उक्त जेलमा ३ वटा भवन छन् । त्यस्तै दुईवटा गुप्तचर मुख्यालय र ३ वटा अस्पलता समेत रहेका छन् । साथै त्यहाँ वकिलका लागि समेत अलग अलग क्षेत्र छुट्टाइएको छ ।

एजेन्सी

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …