तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल - वालिङ ,६ मिर्दी

गत वर्षको डिसेम्वर महिनाको अन्ततिर वुहान शहरको मासु बजारका सामान्य व्यापारी तथा मजदुरमा देखिएको कोरोना भाईरस ३१ जनवरीमा विश्वस्वास्थ्य संगठनले स्वास्थ्य आपतकालको घोषणा गर्ने दिनसम्ममा विश्वका २० भन्दा बढी मुलुकहरुमा फैलिई सकेको थियो । जनवरी २१ सम्ममा वुहानमा ४४ जनामा देखिएको यो रोग आजका मितिको ९ महिना सम्ममा १८८ देशमा करिव ३ करोड ९३ लाख ७७ हजार भन्दा वढी संक्रमित भैसकेका छन भने ११ लाख ५ हजार भन्दा वढीको मृत्यु भैसकेको छ ।

चीनको वुहान शहरबाट फिर्ता भएका एक नेपाली विद्यार्थीमा २४ जनवरीमा नेपालमा कोरोना संक्रमणको पहिलो पुष्टि भएको थियो । फेव्रुअरीको पहिलो हप्तामा फ्रान्स ,अरव हुदै आएकी एक नेपाली युवतीमा दोश्रो संक्रमण प्रमाणित भएपछि अरवबाट फिर्ता भएका नेपालीमा चौथो र पाँचौ संक्रमण देखियो । भारतको मुम्वैबाट आएका नेपालीहरु मध्येबाट छैटौ र सातौ संक्रमणको पुष्टि भयो ।

त्यसपछि उनीहरुकै परिवार मध्येका देश वाहिर नगएका नागरिकमा पहिलो घटना पुष्टि भएसंगै समुदाय स्तरमा कोरोनाको संक्रमण क्रमशः वढ्दै जाँदा हाल भने १ लाख उन्तिस हजार भन्दा वढीमा कोरोना संक्रमण भैसकेको छ र ७२७ जनाको मृत्यु भैसकेको छ ।

चैत्र ११ गतेदेखि सुरु गरिएकोे पहिलो चरणको लकडाउनलाई लम्व्याउँदै साउन ७ गतेसम्मको १२० दिनको अवधि सम्म आउंँदा भाइरस संक्रमणको संख्या १८०९४ र मृत्युको संख्या ४० मात्र थियो यस हिसावले त्यतिवेला सम्मको संक्रमण न्युन नै थियो ।

धेरैमा पिसिआर परीक्षण नगरिएको कारणबाट देखिएको न्युन संक्रमणको संख्यालाई मात्र आधार वनाएर सरकारले त्यतिवेला कोरोना नियन्त्रणमा राख्न सफल भएको दावी गरेको थियो ।

पिसीआर टेस्ट सर्वसुलभ होस् यसको दायरा वढाईयोस र सरकार गम्भीर वनेर सन्निकट विपत्तिको सामना गर्ने तैयारी गरोस् भनेर माग गर्नेहरुलाई सरकारले त्यतिवेला पुर्वाग्रही मान्यो । सरकारले जे जति गर्याे राेगकाे गम्भीरता अनुसारका तैयारी सवै अप्रयाप्त थिए ।

हिमालको ताजा हावपानीमा हुर्केका हामी नेपालीहरुको शरीरको प्रतिरक्षा प्रणाली वलियो भएको, मामुली फ्लु त वेसार र तातोपानीले सन्चो हुन्छ जस्ता मजाकको टिप्पणी गरिएको विषय नेपालीहरुका वीचमा भाईरल पनि भयो तर विश्व स्वस्थ्य संगठनले पटक पटक नेपालमा कोरोना संक्रमणको लहर आउदै गरेको कुरालाई सचेत गरिरहेका थिए । तर आज भने हाम्रो प्रतिरक्षा प्रणालीको वलियोपना, हिमालीे हावपानीमा हुर्केको वलियो शरीर, हाम्रो तैयारीे ,सकृयता,क्षमता र पुर्वतैयारीको वास्तविकता छर्लङ्ग देखिन थालेको छ ।

पूर्वतैयारी र योजना बनाउनकोलागि लकडाउनको प्रशस्त समय पाएको सरकार भने सत्ता जोगाउने, पल्टाउने खेलको गोटीमा अलमलिन थाल्यो । आम नागरिकको लागि कडा लकडाउनको आचार संहिता पालना गर्न उर्दी गर्दा आँफूहरु चाँही गुट उपगुटको भेला जमघट गर्न रोकिएनन । २ महिना जति त देश रामजन्मभूमिको भजनमा पनि तन्मय भयो । तर आज यो देशमा १ लाख उन्तिस हजार भन्दा वढीमा संक्रमणले छोइसकेको छ भने ७२७ जनाको मृत्यु भैसकेको छ र .२८००० भन्दा वढी.सकृय संक्रमित छन ती मध्ये केही अस्पतालको शैयामा छन् र संक्रमणले तीव्र गति लिन थालेको छ । जवकि कोरोना जन्मने देश चीन जो नेपाल भन्दा करिव ६५ गुण ठुलो छ जहांँ यो अवधिसम्म ८५६७२ जनालाई छोएको छ र ८०७८६.जना सन्चो भएर घर फर्केका छन र ४६३४ काे मृत्यु भएकाे छ ।

चीनमा ३ महिना अगाडि देखीनै सवै उद्योग कलकारखाना विद्यालय पर्यटकीय स्थलहरु खोलिएका छन । अक्टोवर १ देखी ८ तारिक सम्मको चीनिया राष्ट्रिय दिवसमा मास्क नलागाईकन भीडभाड संग मनाईएको देखियोे । उनीहरु विभिन्न उत्सव तथा समारोहमा रमाएको देखिन्छन मानौ उनीहरुकहांँ कोरोना आएकै थिएन तर सन्सारका अरु धेरै मुलुकहरुमा लकडाउन समेतका सवै उपायहरु अनुशरण गर्दे सतर्क रहदा पनि झन झन वढी रहेको छ ।

युरोपमा लामो कहरपछि नियन्त्रणमा आयो भनिएको देशमा दोश्रो लहर देखिदै छ र फेरी लकडाउन गर्न वाध्य भैरहेका छन् । तेही उपाय अवलम्वन गरिँदा सन्सारका अन्यत्र देशमा कोरोना वढीरहको छ तर विश्वको एकतिहाई जनसंख्या भएको १ अरव ४० करोड जनसंख्या भएको देशमा हाल दैनिक १३ । १४वटा मात्र संक्रमण भएको देखिन्छ । अन्यत्रका व्यापार व्यवसाय वन्द छन तर चीनका सवै उध्योग व्यवसाय र राष्ट्रिय जीवन सुचारु छ, । रोग संक्रमणको जोखीम ठूलामानिसहरुको तुलनामा सर्वसाधारणलाई वढी हुने गर्दछ ।

अमेरिकी राष्ट्रपतिको सुरक्षा, स्वास्थ्य परीक्षण र दैनिक सतर्कतामा कतै कसर वाँकी रहदैन होला तर राष्ट्रपति डोनाल्ड ट्रम्प नै परिवार सहित संक्रमित भए । वेलायतका प्रधानमन्त्री वोरिस जोन्सनलाई पनि यो रोगले छोयो, व्राजीलका राष्ट्रपति जायर वोल्सोनारो, होन्डुरस, ग्वाटेमाला, अर्मेनियाका राष्ट्रपति र रुसका प्रधानमन्त्री समेतलाई संक्रमणले छोयो । उच्च सतर्कताको व्यवस्थामा रहेका धेरै देशका सरकार प्रमुखहरु समेत संक्रमणबाट जोगिएका छैनन तर निशंकोच भीडभाडमा रमाएको चीनिया सर्वसाधारणलाई भने अहिले कोरोनाले छोएको छैन ।

यस्तै परिदृश्यको कारणले कोरोना भाईरसको उत्पत्तिस्थल देश चीनको वारे कोरोना भाइरसको अचम्मको विम्व र स्वभाव वारे मानिसहरुले अनेक अडकलवाजी गर्न लागेका छन् अहिले ।
हङकङ स्कुल अफ मेडिकल साइन्सकी भाइरोलजिस्ट डा. लि मेङ यानले एनडि टिभी संगको अक्टोवर २० को अन्तरर्वातामा कोरोना भाईरस चीनको ल्यावमा वनाएको हो भनिन र सो भाईरसको साइन्टिफिक पेपर समेत तयार गरेको दावी गरेकीछन् र उनी अहिले आफ्रनो सुरक्षाकोलागि अमेरिकामा वसेको भनेकिछन् ।

कोरोना उत्पत्तिको सम्वन्धमा अस्ट्रेलिया समेत धेरै देशहरुले विश्व स्वास्थ्य संगठन संग स्वतन्त्र जाँचको माग गरेका थिए सो वमोजिम एक विशेषज्ञ टोली चीनमा गएको तर ३ हप्ता सम्म राजधानी वेइजिङमा रहेर त्यँहीबाट वुहानका वारे सामान्य भर्चुअल भेटघाट गरी वुहान नगई फिर्ता भएको अन्तराष्ट्रिय समाचारहरुले प्रशारण गरेका थिए र यसको पुष्टि विश्वस्वास्थ्य संगठनले पनि गरेको थियो ।

भाईरसको वास्तविक प्रकृति पत्ता नलागे सम्म औषधी वनाउन सहज नहुने र सो को वास्तविक प्रकृति पत्ता लगाउन उत्पत्तिस्थलको गहन विश्लेषण र अध्ययनबाट सम्भव हुने भनाईहरु धेरै वैज्ञानिकहरुबाट मात्र सार्वजनिक भएको होइन कि स्वयं विश्वस्वास्थ्य संगठनका डाइरेक्टरले पटक पटक यस्ता विचारहरु राखेको विश्वस्वास्थ्य संगठनको वेभपेजहरुमा अहिले पनि देख्न सक्न्छि, । अहिले सम्मको अध्ययनमा व्याटमा भएको कोरोना भाईरस के माध्यमबाट जनावर र मानिसमा सरेको हो भन्ने सम्वन्धमा पत्ता लगाउन नसकिएको भनिएको छ ।

व्रतमान प्रविधि सम्पन्न विश्वको लागि वुहान सम्म पुगेर उक्त भाईरसको उत्पत्ति प्रकृति पत्ता लगाउन त्यति असम्भव जस्तो देख्दैनौं,त्यति गर्दा औषधी पत्ता लागेर करोडौंको जीवन रक्षा हुन्छ भने किन यति काम सम्मन्न गर्न नसकिएको होला, ढीला गरिएको होला ? एकजना मानिसमात्रको मृत्युको कारण पत्ता लगाउन कति महत्व दिइन्छ यो त करोडौ मानिसको सवाल छ ? सर्वसाधारणलाई अचम्म लाग्नु स्वाभाविक भैरहेको छ ।

प्रविधि र अनुशन्धानको क्षेत्रमा धेरै अगाडि पुगीसकेको चीनले कोेरोना भाईरस तथा उत्पत्तिस्थलको वारेमा आफ्र्नै विज्ञ तथा प्राविधिकहरुबाट अनुशन्धान गरी विश्व समुदायमा साझा गरीरहेको दावी गरिरहेको छ र यस विषयको मुख्य जिम्मेवारी लिने विश्वस्वास्थ्य संगठनले पनि आवश्यक अनुशन्धान तथा कार्याशाला आयोजन गरी हालसम्मका प्रगति तथा निष्कर्षहरु यसका वेभपेजमा राखिएका छन्, ।

यी सवैको वावजुद विश्व समुदायकै केही देशहरुले चीन र विश्व स्वास्थ्य संगठन मात्रको अनुसन्धान प्रकृयाबाट सन्तुष्ट हुन नसकेर स्वतन्त्र जाँचको माग गरिसकेपछि उत्पत्तिस्थल परीक्षणमा चाँडो सहजीकरण गर्दा आशंका भ्रमहरु समाप्त हुनेछ, यसले चीनको प्रतिष्ठा र विश्वास झन वढाउने छ । अन्यथा कोरोना भाइरसको वारेमा पारदर्शिता अवलम्वन नगरेको भन्ने तर्कहरु वलियो वन्दै जान सक्छ ।

अर्को महत्वपुर्ण पक्षको रुपमा रहेको कोरोना भाइरस संक्रमणको प्रभावबाट दैनिक कष्ट भोग्न वाध्य नागरिक तथा मृतकका आफन्तहरुले पनि कोरोना भाईरसको उत्पत्ति कसरी भयो ? वास्तविकता जान्न उत्सकु भैरहेका छन् जान्न पाउनु उनीहरुको अधिकार हो । यस भाईरसको समग्र अध्ययनकोलागि जजसले जेजस्तो सहयोग र सहजीकरण गर्न सकिन्छ आफ्ना आग्रह पूर्वाग्रहलाई महत्व दिन भन्दापनि विश्वभरका नागरिकको रक्षालाई प्राथमिकता राखेर अगाडि वढेमा अवस्य सफल भइनेछ । आशा गरौं निकट भविष्यमा यस विषयमा एकढिक्का भएर विश्व समूदायले औषधी पत्ता लगाउन सफल हुनेछ र संसार्वजनिक यस महाकष्टबाट चाँडो उन्मुक्ति पाउँनेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …