तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ आश्विन ५, गते । वैदेशिक रोजगारी र अन्य कामले विदेश गएर कोरोना भाइरसको संक्रमण (कोभिड- १९) का कारण अन्तर्राष्ट्रिय हवाइ उडान नहुँदा उतै रोकिएका नेपालीलाई स्वदेश फर्काउन नियमित उडान संख्या थप्‍नुपर्ने सम्बन्धित देशका लागि नेपाली राजदूतहरुले बताएका छन् ।

केही मुलुकमा उद्धार उडान पनि गर्नुपर्ने अवस्था रहेको राजदूतहरूको भनाइ छ ।

कोरोना संक्रमणका कारण उडान बन्द हुँदा नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौं नेपाली स्वदेश फर्किन तयार रहेकाले उडानको संख्या बढाउनका लागि पहल गरिदिन राजदूतहरूले संसदीय समितिलाई आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसँगको भर्चुअल बैठकमा मलेसिया, खाडी लगायत श्रम गन्तव्य मुलुकका राजदूतहरूले उक्त आग्रह गरेका हुन् ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार बढी नेपाली श्रमिक स्वदेश फर्किए पनि अझै करिब ८ हजारले फर्किनका लागि दूतावासमा नाम दर्ता गराएको बताए । स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरूको भिसा अवधि सकिने गरेकाले पनि त्यो संख्या थपिँदै आएको उनले जानकारी दिए । दसैं र तिहारको समय नजिकिँदै गर्दा पनि त्यो संख्या बढ्ने भएकाले प्रत्येक साता मलेसियाका लागि १६ वटा नियमित उडान आवश्यक पर्ने उनको भनाइ थियो ।

परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई उक्त कुराको जानकारी गराएको बताउँदै राजदूत पाण्डेले समितिलाई पनि उक्त विषयमा मन्त्रालयसँग छलफल गरिदिन आग्रह गरेका थिए ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले राजदूतावासमा स्वदेश फर्किनका लागि भनेर नाम दर्ता गराउनेको संख्या ९ हजार २ सय भन्दा बढी रहेको बताए । कतारमा भने त्यसरी स्वदेश फर्किन चाहनेको संख्या २० हजारभन्दा बढी रहेको राजदूत नारदनाथ भारद्वाजले जानकारी दिए ।

कोरोनाका कारण रोजगारी गुमाएकालाई तत्काल उद्धार गर्न नसके समस्या उत्पन्न हुने उनको भनाइ थियो । ‘२० हजार बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएका छन्,’ उनले भने, ‘अझै प्रतिदिन १ सय ५० भन्दा बढीले नाम दर्ता गराइरहनुभएको छ ।’ कतारका लागि दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार भन्दा बढी र दसैं-तिहारमा घर फर्किन चाहनेहरू समस्यामा पर्ने उनको भनाइ थियो ।

साउदी अरेबियाका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएकोमा १० हजारलाई मात्रै पठाउन सकिएको बताए । उडान थपिदिन सरकारका सम्बन्धित निकायसँग कुरा गरेपनि समन्वय हुन नसक्दा समस्या थपिएको उनको भनाइ थियो ।

मलेसियाका लागि नेपाली राजदूत पाण्डेले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि व्यवहारिक हुन नसकेको भन्दै परिमार्जन गर्न संसदीय समितिलाई आग्रह गरेका थिए । उनले अव्यवहारिक निर्देशिकाका कारण विदेशी भूमिमा समस्यामा परेका नागरिक घर फर्कन नपाएको बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …