तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३९६ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँमा ३००, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जना संक्रमित देखिएको मंगलबार जानकारी दिएको हो । 

२४ घन्टामा १० हजार ६११ पीसीआर परीक्षण गरिएको छ ।

२४ घन्टाको अध्यावधिक विवरण अनुसार सोमबार उपत्यकामा ३ सय २६ जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार २८७ जना रहेको छ । सोही अवधिमा मुलुकभर ९०२ जना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ३१० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ जना रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …