तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कपिलवस्तु -कोरोना संक्रमणका कारण तौलिहवाका एक जना पत्रकारको मृत्यु भएको छ । सोमबार दिउँसो उनी अचानक बिरामी भएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

६२ वर्षीय पत्रकार मिर्गौला, सुगर र उच्च रक्तचापका बिरामी थिए । भदौ ८ गते उनको परिवारका एक जना सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि ११ गते परिवारका ८ जनाको स्वाब संकलन गरिएको थियो ।

मृत्यु भएपछि उनको रिपोर्ट ताकेता गरेर मगाउँदा रिपोर्ट पोजिटिभ रहेको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । परिवारका अन्य सदस्यको भने रिपोर्ट आएको छैन । उनी २ दशक बढीदेखि पत्रकारितामा क्रियाशील थिए । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …