तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

विगत ३ वर्षदेखि बन्द रहेको जग्गाको कित्ताकाट सरकारले खुलाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले गएको बिहीवार जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकी हुन् ।

यसअघि जग्गाको कित्ताकाट बढ्दै जाँदा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो । मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन महाशाखाका अनुसार, २०७४ सालदेखि बन्द रहेको जग्गा कित्ताकाट खुल्ला भएको छ । 

भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्सा र डाटा तयार गरी पालिकालाई हस्तान्तरण भएपछि लागू हुने गरी अहिलेका लागि खण्डीकरण गर्न अनुमति दिइएको महाशाखाले जनाएको छ । 

यो निर्णयसँगै देशभर रहेका जग्गाको कित्ताकाट गर्न पाइने छ ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …