तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नारायणी अस्पतालमा विगत ८ दिनदेखि प्लाज्मा थेरापीबाट उपचार भइरहेको एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार सर्लाहीको चकरघट्टा गाउँपालिका–३, सुन्दरपुर निवासी ३५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान १० बजेर २० मिनेटमा मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्ववासमा समस्या देखिएपछि आफन्तले ती पुरुषलाई भदौ १३ मा नारायणी अस्पताल ल्याएका थिए । भदौ १४ मा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । चिकित्सकका अनुसार ती पुरुषमा गम्भीर किसिमको कोरोना संक्रमण थियो ।

अन्य विधिभन्दा प्लाज्मा थेरापी नै उपयुक्त लागेपछि गत आइतबार राति १० बजेदेखि उपचार थालिएको थियो । गत आइतबार राति करिब २ घन्टासम्म चलेको प्लाज्मा थेरापी पछि संक्रमित पुरषको स्वास्थ्य सुधारोन्मुख रहेको भनी उपचारमा संलग्न चिकित्सक डा. उदयनारायण सिंहले प्रतिक्रियासमेत दिएका थिए ।

प्लाज्मा थेरापी गरेको आठौं दिनमा उपचारको क्रममै संक्रमित पुरुषको मृत्यु भएको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …