हिजो राती देखीको अविरल बर्षाले अछामकाे कैलास खाेलामा आएको बाढीले १६ घर बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् ।
बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा डुबएको छ । प्रहरी घटनास्थलमा पुग्दै छ । स्थानीयहरू उद्वार कार्यमा जुटेका छन् ।
रामारोशन गाउँपालिकाकाे केन्द्र बिन्दु, मुजाबगर, गजडबजार, लगायतका खेतहरु र बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ६ र मंगलसैन नगरपालिका वडा नं. १४ अन्तर्गतका छेउछायका सेरिखेत, पुलबजार , जमाले खेत, कोसेडा, लगायत्का स्थानमा रहेका खेतहरु बगरमा परिणत भएको छ । रामाराेशन गाउँपालिका जाेडने पक्की पुलकाे छेउ समेत बढीले बगाएको छ ।
रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर, गजडबजार लगायतका स्थान हरुमा ठूलो क्षेती हुनुका साथै अन्य स्थानहरु पनि उच्च जोखिममा रहेका छन ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …