तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालभरमा हालसम्म चार लाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई केही बेर सडकमा उभ्याउने र मास्कको महत्त्वको बारेमा बुझाउने र अनिवार्य रुपमा मास्क लगाएर मात्रै घरबाहिर निस्कनको लागि सम्झाउने काम भएकाे छ । त्यति हुँदा पनि अटेर गरेमा सङ्क्रामक रोग निवारण ऐनअन्तर्गत कारबाही गरेकाे छ ।

नेपालका ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत मास्क प्रयोग नगरी हिँड्नेलाई कारबाही गरिने प्रकृयाअघि बढाएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । साउन ३० गतेसम्ममा नेपालका ७७ जिल्लामा चार लाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर आएकामध्ये तीन लाख ५४ हजार ८२४ जनालाई मास्क लगाएर हिँड्न सम्झाएर पठाएको र उनीहरूलाई ३९ हजार ५०७ थान मास्कसमेत वितरण गरेको प्रवक्ता बुढाले भन्नुभयो ।

त्यस्तै २५ हजार २०७ जना व्यक्तिहरू मास्क नलगाई हिँडेकोमा प्रतिव्यक्ति एक सय रुपियाँको दरले २५ लाख २० हजार सात सय रुपियाँ राजस्व सङ्कलन भएको प्रवक्ता बुढाले भन्नुभयो । अत्यावश्यक कामबाहेक काठमाडौँ उपत्यका भित्रने खोज्ने २७ हजार ११८ वटा सवारी साधनलाई काठमाडौँ भित्रने खोज्ने नाकाबाटै फर्काइएको उहाँले स्पष्ट पार्नुभयो ।

काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै र सक्रिय सङ्क्रमित दैनिक सयौँको सङ्ख्यामा देखिन थालेपछि काठमाडौँ जिल्लामा पाँच र ललितपुर र भक्तपुर जिल्लामा चार/चार वटा अनुगमन समितिले राजधानीका मल, भिडभाड हुने क्षेत्रमा अनुगमन गरिरहेको एक सातामा गृहमन्त्रालयमा प्रतिवेदन बुझाउने प्रवक्ता बुढाले बताउनुभयो । प्रतिवेदन बुझाएपछि थप जानकारी नियमित रुपमा सार्वजनिक हुने बुढाले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …