तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

एजेन्सी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् ।

कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताए ।

देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै उहाँले प्रयोगशाला र औषधी उत्पादन गर्ने क्षमता बृद्धि गर्न लागिएको जानकारी दिनुभयो । उहाँले प्रतिरक्षात्मक सामग्रीहरुको उत्पादनमा पनि व्यापक बृद्धि भइरहेको बताउनुभयो । खोप उत्पादनका लागि बैज्ञानिकहरुले कडा मेहनत गरिएको उनको भनाइ छ ।

“अहिले भारतमा एउटा हैन, दुईटा हैन, तीन ओटा खोपको परीक्षणको चरण चलिरहेको छ, चाडै नै सकारात्मक नतिजा सार्वजनिक हुने बैज्ञानिकहरुले बताएका छन्, त्यो परीक्षण सफल भएपछि ठूलो मात्रामा औषधीको उत्पादन गर्ने तयारी पनि भइरहेको छ उनले भने ।

भारतमा कोरोनाको महामारी शुरु हुदाँ एउटा मात्रै प्रयोगशाला रहेको स्मरण गर्दै प्रधानमन्त्री मोदीले अहिले त्यो संख्या बढेर १४ सयभन्दा बढी प्रयोगशाला बनिसकेको बताउनुभयो । उहाँले कोरोनाविरुद्धको खोप तथा उपचारका लागि १०३ करोड भारतीय रुपैया कोषमा राखिएको बताए ।

कोरोनाविरुद्धका खोप उत्पादन सम्वन्धी महत्वकांक्षी सपना चाडै नै व्यवहारमा देख्न सकिने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री मोदीले केही महिनामा ठूलो मात्रामा एन ९५ मास्क, पिपिई भेन्टिलेटरलगायतका सामग्रीहरु भारतले विश्व बजारमा निर्यात गर्ने दाबी गरे ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …