तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरुकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन छाउनीस्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पाँचौपटक थप ४३ वटा उडानलाई अनुमति दिएको छ ।

सीसीएमसीका एक अधिकारीका अनुसार यी उद्धार उडान भदौ १ गतेदेखि सुरु भएर १५ गतेसम्म सञ्चालन हुनेछन् । यी उडानबाट कम्तीमा ७ हजार नेपाली स्वेदश फर्किन पाउने छन् । भदौ १५ पछि सरकारले नियमित उडान सुचारु गर्ने जनाइसकेको छ ।

शुक्रबार सार्वजनिक गरिएको यो तालिकामा सीसीएमसीले नेपाल वायुसेवा निगमलाई १७ वटा, हिमालय एयरलायन्सलाई १५ वटा उद्धार उडानको अनुमति दिएको छ । त्यस्तै युरोप र अमेरिकामा अलपत्र परेका नेपालीहरुका लागि टर्किस एयरलाई अनुमति दिइएको छ । यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयर र सिल्क एयरलाई पनि अनुमति दिइएको छ ।

अनुमति दिइएका गन्तव्यमा दुबईका लागि ८ वटा उडान, दोहाका लागि ७, क्लालालम्पुर ६, जेद्दा १, कुबेत ३, दमाम ५, रियाद २, जापान १, आबुधाबी ५, कोरिया १, सारजाहा २, अष्ट्रेलिया १ गरी ४३ वटा उडान रहेका छन् । यी उडानबाट करिब ७ हजार नेपाली स्वदेश फर्किने छन् ।

यो तालिकाले यी मुलुकबाहेक युरोप, अमेरिका तथा अफ्रिकाबाट फर्किन चाहाने नेपालीलाई पनि खुला गरेको छ । अहिले कतिपय मुलुकमा नियमित उडान भइसकेकाले तोकिएका गन्तव्यसम्म नियमित उडानबाट नेपाल आउन खुला गरेका छौं ती अधिकारीले भने ।

यी उडानको टिकट बिक्री तोकिएका वायुसेवाले मात्रै गर्नुपर्ने भनिएको छ । स्वदेश फर्किन चाहने नेपालीले पीसीआर वा आरडीटी परीक्षण गराएको प्रमाणपत्र बुझाउनुपर्ने हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि उनीहरुले नेपाल सरकारले बनाएको स्वास्थ्य प्रोटोकल पालना अनिवार्य गर्नुपर्ने छ ।

सरकारले भदौ १५ सम्म आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान रोकेकाले त्यस दिनसम्म लागू हुने गरी नयाँ तालिका जारी गरिएको हो ।

सीसीएमसीका रहेका एक सहसचिवका अनुसार विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरुमा कम्तीमा ५० हजार नेपालीले स्वदेश फर्किन चाहेका छन् ।

सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र चैत ११ गतेदेखि आन्तरिक उडानमा रोक लगाएको थियो । विदेशमा अलपत्र नेपालीलाई जेठ २९ गतेदेखि स्वदेश फर्काउन सुरु गरेको थियो । त्यसयता बिहीबारसम्म ३० वटा मुलुक र ती मुलुक हुँदै भएका ३ सय २३ वटा चार्टर उडानबाट ५० हजार ६ सय ६२ नेपाली स्वदेश फर्किसकेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …