तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनु थापा

इजरायलको सबभन्दा ठूलो मेडिकल सेन्टरले कुनै व्यक्ति कोरोनाभाइरसबाट संक्रमण भए नभएको एक सेकेन्डभित्र पत्ता लगाउने परीक्षण थालेको बिहीवार जनाएको छ ।

परीक्षणका क्रममा मानिसहरूलाई नूनपानी दिएर कुल्ला गर्न लगाइयो अनि एउटा भाँडोमा थुक्न लगाइयो । त्यसपछि त्यसलाई सानो स्पेक्ट्रल डिभाइसले परीक्षण गरियो । थुकिएको पानीमा प्रकाश देखाएर कोभिड–१९ भए नभएको विश्लेषण गरिनेछ । 

समय बित्दै जाँदा यसले थप सही परिणाम दिने अपेक्षा गरिएको छ । 

 शेबा मेडिकल सेन्टरमा सेन्टर फर जियोग्राफिक मेडिसिन यान्ड ट्रपिकल डिजीजेजका एली स्वार्जले परीक्षणको नेतृत्व गरिरहेका छन् । उनले कोभिड–१९ पत्ता लगाउने पीसीआर स्वाबभन्दा यसलाई प्रयोग गर्न सजिलो हुने बताए ।

अहिलेसम्मको परीक्षणमा हामीले उत्साहजनक परिणाम पाएका छौं । यो बढी सहज र सस्तो छ,’ उनले भने । 

आरम्भिक क्लिनिकल ट्रायलमा सयौं रोगीहरूलाई समावेश गरिएको थियो र यो नयाँ डिभाइसले शरीरमा भाइरस रहे नरहेको कुरा ९५ प्रतिशत मिलाएको थियो । 

जेरुसेलमको हिब्रू विश्वविद्यालयमा मोलिक्युलर भाइरोलोजीका विज्ञ आमोस पानेले यस डिभाइसका विषयमा अन्तिम निर्णय लिनुअघि थप आँकडा र तुलना गर्नुपर्ने बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …